सिमकोट । हिमाली जिल्ला हुम्ला लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको गुडनेवर्स इन्टरनेशनल नेपाल नामक संस्थाले शैक्षिक सामाग्री सहयोग गरेको छ । सिमकोट गाउँपालिका–५ मा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत ६५ जना बालबालिकालाई वडाध्यक्ष चीन रावत र सोही विद्यालयका विद्यालय व्यवस्थापन समितीका सदस्य पार्वती रावतको उपस्थितीमा शैक्षिक सामाग्री सहयोग गरीएको हो ।
सहयोग गरिएका उक्त सामाग्रीले बालबालीकाहरुको पठनपाठनमा सहयोग पु¥यायउनुका साथै शैक्षिक अवस्थामा सुधार ल्याउनका लागी अहम भुमिका खेल्ने अपेक्षा गरेको वडाध्यक्ष रावतले बताउनुभयो ।
जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधीक सहयोग र किर्डाक नेपाल हुम्लाको सहजिकरणमा क्ष्ऋम्ए कार्यक्रम सञ्चालन हुदै आएका ४ वटा स्थानीय तह चंखेली गाउँपालिका, सर्केगाड गाउँपालिका, खार्पुनाथ गाउँपालिका र सिमकोट गाउँपालिका भित्र रहेको सामुदायिक बिद्यालयहरुमा अध्ययनरत बालबालिबाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
यो बाल प्रायोजन सेवा कार्यक्रम अन्तर्गत आबद्घ रहेका १९०८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण बितरण गर्ने लक्ष्य रहेको बताइएको छ । सोही कार्यक्रमको लक्ष अनुसार चारवटा स्थानीय तहका ९५२ जना बालबालिकाले शैक्षिक सामाग्री प्राप्त गरिसकेका छन् भने बाँकी रहेका बालाबालिकालाई समेत सामाग्री बितरण हँुदै आएको गुडनेवर्स इन्टरनेशनल नेपालका परियोजना संयोजक नारायण प्रसाद चौधरीले बताउनुभयो ।
उक्त शैक्षिक सामाग्री बालकक्षा देखी कक्षा ३ सम्मका प्रति बालबालिका ६ कापी (८० पेज), १० पेन्सिल, ५ ईरेजर, ३ सार्पनर, १ झोला, मोजा १ जोर र जुत्ता १ जोरका दरले पाएका हुन् । यस्तै कक्षा ४ र ५ का बालबालिकाले ८ कपी (८० पेज), ६ पेन्सिल, ३ ईरेजर, २ सार्पनर, ४ डटपेन, ५ रिफिल, १झोला, मोजा १ जोर र जुत्ता १ जोर प्राप्त गर्नेछन् । कक्षा ६ देखि ८ का बालबालिकाहरुले १३ कपी (१६०पेज), ६पेन्सिल, ३ईरेजर, २ सार्पनर, ६ डटपेन, १० रिफिल, १झोला, मोजा १ जोर र जुत्ता १ जोर प्राप्त गर्नेछन् ।
त्यसैगरी, कक्षा ९ र १० का बालबालिकाहरुले १८ कपी (१६०पेज), ६पेन्सिल, ३ ईरेजर, २ सार्पनर, ६ डटपेन, १० रिफिल, १झोला, मोजा १ जोर र जुत्ता १ जोर प्राप्त गर्नेछन् ।
किर्डाक नेपाल हुम्लाले वितरण गर्दै आएको शैक्षिक सामाग्री बालकक्षा देखी कक्षा १० सम्मका बालबालिकाहरुले उनिहरुको तहगत हिसाबले प्राप्त गर्ने किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले जानकारीे दिनुभयो ।