प्रहरी हवाल्दर लडेर घाइते थप उपचारका लागी सुर्खेत लगियो

नेपालचेक समचारदाता सोमबार, साउन ०४, २०७८

सिमकोट । जिल्लाको दक्षिण क्षेत्रमा रहेको अदाचुली गाउँपालिकाको श्रीनगर प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी हवाल्दर लडेर सख्त घाइते भएका छन् । श्रीनगर प्रहरीचौकी गल्फागाडमा कार्यरत प्रहरी हवल्दार बिरेन्द्र सीङ ऐरी लडेर सख्त घाइते भएपछि थप उपचारका लागी बाजुरा हुँदै सुर्खेत लिईएको जिल्ला प्रहरी कार्यालय हुमला श्रोतले बताएको छ ।

गल्फागाडमा लडेर पानीमा परे पछि सिकिस्त घाईते हुनु भएका हवल्दार ऐरीको गाउँपालीकाको गाडीबाट आईतबार बाजुराको कोल्टीमा सामान्य उपचार गरेर थप उपचारका लागी नेपाली सेनाको हेलीकप्टर द्धारा सुर्खेत लगीएको गल्फागाड प्रहरीचौकी श्रीनगरका प्रहरी सहायक निरीक्षक कृष्ण बादुर बुढाले जानकारी दिए । लडेर घाइते प्रहरी हवाल्दरको उपचार जिल्लामा हुन नसकेपछि थप उपचारका लागी सुर्खेत दिनुपर्ने अवस्था आएको श्रीनगर प्रहरी चौकीका इनचार्ज बुढाले बताए ।

घाईते भएका प्रहरी हवल्दार ऐरीलाई लिएर उपचारका लागी बाजुरा पुगेको प्रहरी सहायक निरीक्षक बुढा अदानचुली फिर्ता हुनुका साथै ऐरिलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लिएर उपचार भईरहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]