भीम रावललाई भेट्न टोखामै पुगे माधव नेपाल

नेपालचेक समचारदाता बुधबार, साउन ०६, २०७८

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी उपाध्यक्ष डा.भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् ।

बुधबार आफूनिकट स्थायी कमिटी सदस्यहरुको बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् ।

गत आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसद् पदबाट राजीनामा दिएका थिए ।

पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपाल पक्षको तर्फबाट संयोजक थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]