काठमाण्डौंबाट केरुङ हुँदै सिमकोटमा खाद्यान्न ल्याइँदै

Nepal Chek आइतबार, भाद्र ०३, २०८०

सिमकोट । नेपालको संघिय राजधानी काठमाण्डौंबाट केरुङ नाका हुँदै हुम्लाको सदरमुकाम सिमकोटमा खाद्यान्न ल्याइने भएको छ । गाडी मार्फत पैदल मार्ग भएर चार हजार क्विन्टल खाद्यान्न आउने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाएको हो । साउन महिनाभरी हवाई उडान कम भएकाले हुम्लामा खाद्यान्न समस्या भएपछि उक्त खाद्यान्न सिमकोट आउन लागेको हो । जिल्लामा खाद्यान्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न लोड भएका ४० वटा गाडीमा ढुवानी गरेर आज काठमाडौंबाट हुम्लाको लागि छुटेको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

यसअघि ढुवानीको जिम्मा पाएको सप्लायर्सले काठमाडौंमा लिमिटेडबाट खाद्यान्न बुझेर गाडी लोड गरिएको र तिब्बती मार्गबाट ढुवानी गर्न प्रक्रिया मिलाएर खाद्यान्न लोड गाडी हिँडेको शाखा प्रमुख अधिकारीले बताउनुभयो । उहाँले खाद्य कम्पनी काठमाडौंबाट खाद्यान्न बुझेर लोड गरिएको गाडी आइबार हुम्लाका लागि हिडेको बताउनुभयो ।

उक्त खाद्यान्नमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुन लागेको हो । मार्गबाट आउनुपर्ने खाद्यान्न अघिल्लो आर्थिक वर्षको खाद्यान्न हो । तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गबाट आउने खाद्यान्नभन्दा ढुवानी दर सस्तो पर्ने गरेको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

काठमाडौं, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोटसम्म पुग्ने खाद्यान्न प्रति क्विन्टल रु सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रति क्विन्टल खाद्यान्न रु चार हजार आठ सय रुपैयाँ ढुवानी लाग्नेछ । नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यनन्नको हवाई भाडा प्रति क्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रति क्विन्टल १५ हजार पाँच सय रुपियाँ लिमिटेडले तिर्दै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]