सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने भएको छ । हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको आर्थिक तथा व्यवस्थापनमा पालिका केन्द्र पिप्लाङमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ ।
आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र चंखेली गाउँपालिकाबिच समझदारी भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । चंखेली गाउँपालिकाका तर्फबाट अध्यक्ष प्यारीलाल शाही र हिमालयन आँखा अस्पतालका तर्फबाट डाइरेक्टर डा. ईलिया श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । उक्त समझदारी ५ वर्ष सम्मका लागि लागु हुने उल्लेख गरिएको छ ।
उपचार केन्द्र स्थापना गर्नको लागि आईकियर फाउन्डेसन नेपालका प्रमुख अनिल गोर्खाली, चिफ मेडिकल डाइरेक्टर डा. ईलिया श्रेष्ठ, आईकियर फाउन्डेसनका सिईओ द्यव्इच्ल् क्त्भ्ल्ख्भ्च्क् को अतुलनिय योगदानबाट आवश्यक उपकरणहरू हस्तान्तरण गरी पालिकामा आँखा उपचार केन्द्र स्थापनामा सहयोग गरेको अध्यक्ष शाहीले बताउनुभयो ।
चंखेली गाउँपालिका आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउन लाग्ने जिल्लाकै पहिला पालिका रहेको छ । सरमुकाम सिमकोटमा एक मात्रै आँखा अस्पताल रहेको छ । भने अन्य स्थानीय तहमा आँखा अस्पताल छैन् ।