सिमकोट । लगातर बर्षाले खोला किरानमा बसोवास गर्दै आएका हुम्ला खार्पुनाथ गाउँपालिका ४का नल्लासीहरू असुरक्षित रहेको छन ।
खोलामा एक सतादेखि निरन्तर रूपमा आएको वर्षाले खोलामा पानीको बहाव बढेसँगै नल्ला लगायतका कर्णाली नदिका छेउछाउका वासिन्दाहरू असुरक्षित रहेको स्थानीय नवराज भण्डारीले बताए । नल्ला खोलामा बढेको पानीको बहाबका कारण नल्ला गाउँ जोखिममा परेको छ ।
बुधबार देखि परेको अविरल वर्षासँगैको बाढीले गाउँ आसपासका खोलामा पानीको बहाब बढेपछि गाउँ जोखिममा परेको गाउँपालिका स्थानीय शाहीले जानकारी दिए ।
भदौ महिना शुरू भएसंगै नियमितको वर्षाका कारण नजिकका खोलाहरु र कर्णाली नदीको बहाभ बढि संगै अहिले खोलापासको सर्वसाधारण त्रसित भएका छन् । जलस्तर बढ्न थालेसंगै खोलाले डिलहरू कटान गर्न थालेको छ भने बहाव समेत तीब्र भएको छ ।
नियमित हुने वर्षाका कारण जुनसुकै बेला बाढीको विपत्ति निम्तिन सक्ने भएकाले सजक रहन जिल्ला प्रशासन कार्यालय हुम्लाले बताएको छ । पानीकै बहाबका कारण नल्ला गाँउ नजिकैको छरि खोलामा लागाएको काठको साँघु बगाएको छ ।
खोलाको काठको साँघु पनि बगाएकोले खोलाको पारि पट्टी रहेका पशु चौपाया घर ल्याउन समस्या भएको स्थानीयको भनाइ छ । वर्षासँगैको बाढीले खेतमा भल पसेर लगाएको बालिमा क्षति पुर्याएको छ ।