सिमकोट । काठमाण्डौंबाट केरुङ हुँदै हुम्लाको लागि आएको खाद्यन्न हिल्सा आइ पुगेको छ । काठामाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर आएको खाद्यन्न हिल्सामा पुगेको हो ।
खाद्यन्न लोड भएका गाडीहरूले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यन्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको लिमीटेड सिमकोट शाखा हुम्लाले जनाएको छ । तीन दिन अगाडी खाद्यन्न लोड भएका चालिस गाडी काठमाडौँबाट छुटेका थिए । खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पैदल मार्गबाट पठाएको हो ।
जिल्लामा खाद्यन्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यन्न हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताउनुभयो । खाद्यन्न अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । उक्त खाद्यन्न मध्य एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाको लागि ढुवानी हुनेछ ।
खाद्यन्न अघिल्लो आर्थिक वर्षको खाद्यन्न हो । खाद्यन्न सिमकोट पुगे लगत्तै सर्वसाधारणका लागि बिक्री वितरण गरिने छ । तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यन्न हवाई मार्गको खाद्यन्नभन्दा ढुवानी दर सस्तो पर्नेछ ।