काठमाडौँ । कलकत्ताको श्यामबजारस्थित नवीन गल्लीको एउटा पुरानो घरमा लेनिन जयन्तीको सन्दर्भ पारेर सन् १९४९ अप्रिल २२ (२००६ साल वैशाख १० गते) नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ वर्ष भइसकेको छ ।
वि.सं. २००७ को जनक्रान्तिमा मुक्ति सेनाका रूपमा भाग लिनुभएका लक्ष्मीभक्त उपाध्याय लम्साल २००८ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा समाहित हुनुहुन्छ । यसबीचमा लामो समय पुष्पलालसँगसमेत सहकार्य गर्नुभएका उपाध्याय भन्नुहुन्छ, “पुष्पलालकै संयुक्त जनआन्दोलनको कार्यदिशाबाट मुलुकमा महìवपूर्ण परिवर्तन भएकाले प्राप्त उपलब्धिको रक्षा र विकासका लागि समेत वाम तथा प्रजातान्त्रिक शक्तिबीचको समन्वय, सन्तुलन र एकता आवश्यक हुन्छ ।”
शिक्षित युवापुस्तामा मौलाएको राणा विरोधी भावना, छिमेकी मुलुकमा फैलिएको लोकतन्त्र र स्वतन्त्रताप्रतिको चाहना, अनि मुलुकभित्र सामाजिक, आर्थिक शोषण र असमानताविरुद्धका जनसङ्घर्षलाई सङ्गठित पार्दै पुष्पलालले पहिलो पटक २००५ सालमा माक्र्स र एङ्गेल्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नुभएको थियो । घोषणापत्र अनुवादसँगै पुष्पलालले नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर नेपाली राजनीतिको मिहिन ढङ्गले विश्लेषण गर्दै श्रमजीवी वर्ग, समुदाय, पिछडिएका जाति र जनताको मुक्तिको जग राख्नुभएको उपाध्यायको भनाइ छ । माक्र्सवादी दृष्टिकोणबाट नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताका रूपमा समेत पुष्पलाललाई लिइन्छ ।
नेपालमा पञ्चायती व्यवस्था अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशालाई पुष्पलालले नै अगाडि बढाउनुभएको थियो । नेपाली राजनीतिमा दूरदर्शी नेताका रूपमा यतिबेला पुष्पलालको योगदान बिर्सन नहुने उहाँको भनाइ छ ।
पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मनुभएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उहाँको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो । पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चनुभएको इतिहास छ ।
वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्नुहुने दूरद्रष्टा पनि हुनुहुन्छ, पुष्पलाल । जसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन हासिल गरेको छ ।
पुष्पलाललाई सम्झँदै वामपन्थी नेता एकलाल श्रेष्ठ भन्नुहुन्छ ‘‘राजनीति जालझेलको विषय होइन, वास्तविक वस्तुस्थितिको आधारमा गरिने वर्गीय विश्लेषणको निचोड हो ।’’ यद्यपि, नेपाली राजनीतिको पछिल्लो परिस्थिति नियाल्दा कम्युनिस्टले वर्गीयभन्दा जातीय र क्षेत्रीय विश्लेषणका आधारमा आफ्ना नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले राजनीतिक स्थिरता कायम नहुँदा उद्योगी व्यवसायीको मनोबल खस्किएको तर राजनीतिक समस्याका बीच पनि आर्थिक वृद्धि हासिल हुन सक्ने बताउनुभयो । वर्तमान कर तथा राजस्व नीतिहरू सकारात्मक रहेको र आगामी मौद्रिक नीतिले निजी क्षेत्रको आवश्यकता सम्बोधन गरेमा अर्थतन्त्र उकास्न सहज हुने उहाँले अपेक्षा गर्नुभयो ।
परिसङ्घका पूर्वअध्यक्ष विनोद चौधरीले आर्थिक क्षेत्रको विकासका लागि वर्तमान सरकारले पहल गर्नुपर्ने बताउँदै सरकारले यो अवसरलाई सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली काँग्रेसको सरकार आएपछि २०४८ सालदेखि अनुशरण गरिएको उदारीकरणका प्रयासलाई अझै फैलाएर अर्थतन्त्रलाई उच्च स्तरमा पु-याउनुपर्नेमा उहाँले जोड दिनुभयो । यो समचार आजको गोरखापत्र दैनिकमा छ ।