सिमकोटमा रु १ लाख ६३ हजार नगदसहित ५ जुवाडे पक्राउ

Nepal Chek बुधबार, भाद्र २०, २०८०

सिमकोट । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट माथिल्लो बजारबाट रु १ लाख ६३ हजार ३ सय ४५ नगदसहित ५ जुवाडे पक्राउ परेका छन् । विशेष गोप्य सूचनाको आधारमा मङ्गलबार दिउँसो छापा मार्नेक्रममा नगदसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सदरमुकाममै रहेको सिमकोट गाउँपालिका–५ माथिल्लो बजार स्थित एकजनाको घरमा जुवा खेलीरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन प्रसाद भट्टराईको कमाण्डमा सातजनाको टोली गई घर चेकजाँच गर्दा उक्त घरबाट पाँच जना जुवाडे सहित नगद, मोबाईल र बिच्छाइएका कम्बलहरु नियतन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमला भट्टराईले बताउनुभयो ।

उनीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा लिई अनुसन्धान भईरहेको जनाइएको छ । सदरमुकाम सिमकोटलाई जुवारहित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय हुम्ला लागिपरेकाले यसमा सबैले सहयोग गर्न समेत भट्टराईले आग्रह गर्नुभयो । पक्राउ परेको पाँचै जना जुवाडेहरुको नाम भने गोप्य राखिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]