सिमकोट । हिमाली जिल्ला हुम्लामा एनसेलले आफ्नो फोन सेवा विस्तार गरेको दश वर्षपछि फोर–जी सेवा सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले टावर जडान गरेको दश वर्षपछि मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ ।
सदरमुकाम सिमकोटमा एनसेलको टावरले सिमकोट गाउँपालिका–५ र ६ वडा र बजार क्षेत्रमा मात्रै काम गर्दै आएको छ । अन्य टाढाका स्थानमा रहेका वडाहरुमा यसले काम गर्छ वा गर्दै भन्ने विषयमा जानकारी केही दिनमा लिने प्राविधिक रामजन रावतले बताउनुभयो । प्राविधिक रावतले भन्नुभयो, एनसेल टावर जडान गरेको दश वर्षपछि फोर–जी सेवा मङ्गलबारदेखि सञ्चालनमा आएको छ । सदरमुकाममा मात्रै काम गरिरहेको रावतले बताउनुभयो ।
फोर–जी सेवा सञ्चालनमा नहुँदा यसका सेवाग्राहीको संख्या कमै भएपनि अब फोर–जी जडानपछि बढ्ने अपेक्षा लिएको रावतको भनाई छ । अहिले एक सय देखि दुई सय जनाको साथमा मात्रै एनसेलको सिम कार्ड रहेको अनुमान रावतको छ । ग्राहकलाई दु्रतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी सञ्चालनमा ल्याएको हो । पछिल्लो समयमा पनि फोरजी सेवाको विस्तारसँगै एनसेलले डाटाको शुल्क घटाउदै नयाँ प्याकहरु ल्याएको छ ।
कर्णाली प्रदेशका दशवटा जिल्ला मध्ये हुम्लामा अन्तिम यो सेवा सञ्चालनमा ल्याइएको हो । केही दिन अघि जुम्ला, मुगुडोल्पा लगायतका जिल्लामा एनसेलले फोरजी सेवा जडान गरेर सञ्चालनमा ल्याएको थियो ।