मानसरोवर कैलाश दर्शन गर्न हुम्ला पुगे भारतीय चर्चित सद्गुरु

Nepal Chek मंगलबार, भाद्र २६, २०८०

सिमकोट । मानसरोवर कैलाशको दर्शनका लागि चर्चित भारतीय सद्गुरु हुम्ला सदरमुकाम सिमकोट आइपुग्नु भएको छ । सदगुरु सँग ७० जना तीर्थयात्री मङ्गलबार हुम्ला पुग्नु भएको हो ।
सदगुरुले हुम्लाको लाप्चाबाट मानसरोवर दर्शन गर्ने पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो । सद्‌गुरुले अघिल्ला दुई वर्ष पनि हुम्लाको लाप्चाबाटै मानसरोवरको दर्शन गर्नुभएको थियोे ।
उहाँ मङ्गलबार सिमकोटमै बस्नु हुनेछ । बुधबार लिमीको तुम्लिङतर्फ जाने उहाँको कार्यक्रम छ ।  सिमकोटबाट तुम्लिङ पुग्न गाडीमा ७  घण्टा लाग्ने गर्छ ।
भदौ २८ गते तुम्लिङमा विश्राम गर्ने र २९ गते तुम्लिङबाट लाप्चा पैदल मार्गबाट गएर मानसरोवर कैलाशको दर्शन गरी एक रात लाप्चामै बस्ने सद्गुरुको कार्यक्रम रहेको लामाले बताउनुभयो । भदौ ३० गते लाप्चाबाट तुम्लिङ आएर बास बस्ने र असोज १ गते सिमकोट फिर्ता हुने कार्यक्रम रहेको छ ।
उहाँको बास व्यवस्थापनका लागि एक टोली तुम्लिङतर्फ लागिसकेको छ । सिमकोट विमानस्थलमा स्थानीयले सद्गुरुको परम्परागत पहिरनमा स्वागत गरेका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]