सिमकोट । राष्ट्रिय सडक सञ्जाल जोडिएपछि नयाँ बजार स्थापना भएको सर्केगार्ड गाउँपालिका–१ को सलीसल्लामा स्थापना भएका अधिकाँस व्यवसाय दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । शुक्रबार गाउँपालिकाले बजार अनुगमन गर्ने क्रममा सो कुरा पाइएको हो ।
गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बजार अनुगन गर्ने क्रममा अधिकाँस व्यवसायहरु दर्ताबिनै सञ्चालनमा आएको बताए। सलीसल्लमा ६४ वटा व्यवसाय सञ्चालन हुँदै आएका छन्।
नले केही मात्र दर्ता भएका तर अधिकाँस दर्ता नभएको कारण दर्ता प्रकृया अगाडि बढाउन सुझाव दिने कार्य भएको जानकारी दिए। पहिलो पटक अनुगमन भएको कारण सचेत बनाइएको र अब दोस्रो पटक जाँदा अवस्था उस्तै देखिए बन्द गर्ने प्रकृयामा जाने चेतावनी समेत दिइएको थियो।
केही म्याद गुज्रेका दैनिक उपभोग्य सामाग्री र पेय पदार्थ नष्ट गरिएको थियो। सलीसल्ला राष्ट्रि राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै दैनिक २५ देखि ३० लाखको कारोबार हुने गरेको छ। गाउँपालिकाले व्यवस्थित र उपभोग योग्य सामाग्री बिक्रीका लागि अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ।
सलीसल्ला बजार अनुगमन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया प्रशासकीय अधिकृत लामा, लेखा प्रमुख हिमाल रोकाया लगाएको सहभागिता रहेको थियो।