हुम्लामा पूर्णरुपमा निषेधाज्ञा खुल्ला हुने, जोखिम कायमै

दाने बोहरा बिहिबार, आषाढ १७, २०७८

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितीले बैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा आज राती १२ बजेबाट खुल्ला हुने जनाएको छ । असार दश गतेबाट थप भएर आज राती १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय सकिने भएको हुँदा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर निषेधाज्ञा खुल्ला गरीने भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिनुभयो ।

जिल्ला कोभिड व्यवस्थापन समितिले हुम्ला जिल्लालाई खुल्ला गर्ने मौन स्वीकृत दिए पनि स्थानियवासीले आफ्नो स्वास्थ्य मापदण्ड पूर्णरुपामा पालना गरी आफ्नो स्वास्थ्यको ख्याल आफैले गर्नु पर्नेभएको छ ।

आ आफ्नो व्यवसाय संचालन गर्दा सामाजिक दुरी कायम राख्ने, मुखमा माक्स अनिवार लगाउनु पर्ने, सावुन पानीले हात धुनू पर्ने लगाएतका कार्य अनिवार्य गर्नु पर्ने देखिएको छ ।

शुक्रबारबाट नेपालगञ्ज, सुर्खेतबाट उडान भरदै आएका निजी हवाई जहाजले यात्रुलाई ओर्सान पाउने भएका छन् । यस अघि हवाइ जहाजमा आवत जावत गर्दा जिल्ला प्रशासनको सिफारी लिनु पर्ने वाध्यता रहेको थियो ।

जोखिम कायमै

निषेधाज्ञा खुल्ला हुने जानकारी दिएको भएपनि थप जोखिम बढ्न सक्ने देखिएको छ ।

जिल्ला प्रशासनले निषेधाज्ञा खुल्ला हुने जानकारी दिएभएपनि आवातजावत बढी जिल्लाको सदरमुकाम सिमकोटमा सात जना सक्रिय संक्रमित रहेका छन् । असारमसान्तमा गाउँघरबाट नागरीकको चाप सिमकोटमा बढ्ने भएकाले थप जोखिम बढ्न सक्ने देखिएको छ । आज जिल्ला अस्पतालमा २८ जनालाई परीक्षण गर्दा थप पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३४ रहेको छ भने एक हजार आठ जनामा परीक्षण गर्दा दुई सय ५९ संक्रमित मध्ये दुई सय २३ जना कोरोना संक्रमण मुक्त भएर घर गइसकेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]