कोदो खानेलाई गरिबको परिभाषा बनाइयो ः कृषिमन्त्री शर्मा

Nepal Chek बुधबार, आश्विन १७, २०८०

सिमकोट । कर्णाली प्रदेशको अग्लो स्थानमा फल्ने कोदो बालीको उत्पादन र बजारीकरण प्रथामिकतामा रहेकाले पहिलो पटक कोदो महोत्सव गर्न लागिएको कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकास शर्माले बताउनुभयो । कर्णालीमा उत्पादन हुने कोदो बजारीकरण र उत्पादनलाई समायोजन गरेर लिने कुरामा मन्त्रालय लागि परेको मन्त्री शर्माले बताउनुभयो ।

कृषि शर्माले भन्नुभयो, “औपचारिकताका रुप अन्तराष्ट्रिय कोदो दिवस मनाउने भए सुर्खेतमै सानो कार्यक्रम गरेर मनाइने थियो । विभिन्न जिल्लाका कार्यालय प्रमुखहरु सुर्खेतमै बोलाएर मनाउन सकिन्थ्यो ।” तर कर्णालीमा उपज हुने मुल्यवान वस्तुहरुको बजारीकणका लागि यो दिवस मनाउन लागिएको हो । अत्यन्तै महत्व दिएर हुम्लामा पुगेको प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिती हुम्लाले आयोजना गरेको पत्रकार सम्मेलमा उहाँले यो कुरा बताउनुभएको हो । दक्षिण एसियामा सबै भन्दाबढी कोदो उत्पादन हुने देश भारत र भारत पछिको देश नेपाल हो ।

मन्त्री शर्माले भन्नुभयो, “कोदो खाने र फापर खाने वा यद्यपि कोदोजन्य उत्पादन खानेलाई सबभन्दा गरिब, न्युनस्तरको र पछिपरेको भन्ने परिभाषा बनाइयो । यसलाई उल्टाउनको निम्ती हामीले, परम्परागत रुपमा उत्पादन हुने चीजमै हाम्रो स्वास्थ्य लागि ठिक रहेछ, दिर्घजीवनका लागि ठिक रहेछ, र उपभोग गर्न ठिक रहेछ भन्ने सन्देश दिनको लागि हुम्ला पुगेको बताउनुभयो ।” कर्णालीमा कुपोषण अर्थात पोषण नपुगेका कारण ख्याउटे्, पुट्का छन् भने मन्त्रालयमा रिपोर्ट पेस गरिन्छ ।” कर्णालीमा सबभन्दा बढी उत्पादन हुने कोदो र फापरमा पोषण पाइन्छ भनेर अर्को रिर्पोट पेस गरिन्छ ।” यहाँ उत्पादन भएको वस्तुलाई खाने तौरतरिका जान्यो भने निरोगी भइने मन्त्री शर्माले बताउनुभयो । सबैभन्दा बढी कोदो र फापरमा पोषण पाइन्छ । कोदो र कोदो जन्य, कागुनो, चिनो, जुनेलो लगायतका बाली पर्दछन् ।

कर्णाली प्रदेश सरकारले लिएको निती अनुसार कृषि मन्त्रालयले पशुपालन तर्फ र कृषि उत्पादन क्षेत्रमा लिएको नितिमा हिमाली जिल्लामा च्याङग्रा र चौरी पालनका कार्यक्रम रहेको उहाँले बताउनुभयो । यस्तै खाद्यन्न बालीको हकमा रैथाने बालीरहेको छ । बजारीकरणसँग जोड्नका लागि खाद्य व्यापार कम्पनीसँग सम्झौता गरिने बताउनुभयो । प्रोसेसिङ र प्याकेजीङका लागि पनि कम्पनीसँग कुरा भइरहेको सहकारी मन्त्री शर्माले बताउनुभयो ।

विहिबार हुने अन्तर्राष्ट्रिय कोदो दिवस महोत्सवमा कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकास शर्मा, सहकारी मन्त्रालयका सचिव डाक्टर नरहरिप्रसाद घिमिरे लगायतको टोली बुधबार सिमकोट पुगेका हुन् ।

१८ गते विहिबार हुन लागेको कोदो महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जिल्ला कृषि विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख धुर्वबहादुर शाहीले बताउनभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]