हुम्लामा विद्युत सेवा अवरुद्ध

Nepal Chek शुक्रबार, कार्तिक १०, २०८०

सिमकोट । विहिबार रातीदेखि हिमाली जिल्ला हुम्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुईवटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।

नेपाल विद्युत प्राधिकरण हेल्दुङ्ग वितरण केन्द्र हुम्लाको विद्यतु गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत सेवा अवरुद्ध भएको हो । मुख्य क्यालनमा रहेको अस्थाई ज्म्ए पाइप हटाई उक्त स्थानमा ःक् पाइप जडान गर्ने कार्य भएको हुँदा विद्युत सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण हेल्दुङ्ग वितरण केन्द्र हुम्लाका प्रमुख नारायण प्रसाद कर्णले बताउनुभयो ।

विहिबार नौ गतेदेखि कात्तिक २२ गतेसम्म पुन निर्माण कार्य हुने भएकाले १३ दिनसम्म यहाँका सेवाग्राही अध्यारोमा बस्ने भएको प्रमुख कर्णले बताउनुभयो । हिउँदयाममा भारी हिमपात हुनुका साथै विद्युतका लागि आवश्यक पर्ने पानी नपुग्नुका साथै पहिरो जाने भएको हुँदा हिमपात हुनु अगावै मर्मत गरिएको हो ।

यहाँका सेवाग्राहीले हिउँद याममा विद्युत सेवा अवरुद्धका साथै झण्डै २२ घण्टासम्मको लोडसेडीङ खेप्नु परेको छ । भने कहिले त महिनौ दिनसम्म अन्धकारमा रात कटाउदै आउनुपर्ने बाध्यता रहेको छ । हेल्दुङ्ग वितरण केन्द्र हुम्ला विगत केही वर्ष यतादेखि हुम्लाका ठेकेदार र सोही कार्यालयका कर्मचारीको लागि मागि खाने भाडो जस्तै बनेकोछ । वर्षेनी विद्युत टालटुल गर्नुका साथै अस्थायी सामग्री खरिद गरेर लाखौंको बजेट सकाउने काम गर्ने गरेको यहाँका स्थनीयको आरोप छ । विद्युत मर्मतका लागि लाखौं बजेट आएर खर्च भएपनि बजेट अनुसारको काम नहुने गरेको स्थानीयको आरोप छ ।

विद्युत सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको हो । भने दशैँ विदा सकिए लग्गतै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय खुल्ला हुनेभएपनि विद्युत सेवा अवरुद्ध हुँदा काम गर्न असहज हुने भएको छ । भने यस्तै बजार व्यवसायी इलोक्ट्रोनीक पसलेलाई समेत समस्या हुने भएको छ ।

सिकोट र खार्पुनाथ गाउँपालिकाका करिब २२ सय बढी सेवाग्राही अन्धकारमा रात बटाउने भएका छन् भने उहीँ पुरानो सल्लाहकोे दियालो बालेर १३ दिनसम्म दिन विताउन बाध्य हुनेभएको सिमकोट गाउँपालिका–७ का विर बहाुर सिंहले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]