महिना दिनदेखि नागरिकतामा हस्ताक्षर गर्ने प्रमुख नहुँदा दक्षिणी भेगका नागरिक सास्तीमा

Nepal Chek आइतबार, कार्तिक १२, २०८०

सिमकोट । नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौंदेखि हुम्लाको मध्य भेगको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ ।

लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।

लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएको नेकपा माओवादी केन्द्र सर्केगाड गाउँपनलिका समिति अध्यक्ष छवि थापाले बताउनुभयो । कार्यालय बन्द हुँदा नागरिकले भाद्र महिनादेखि नागरिकता बनाउनसमेत नपाएको माओवादी केन्द्रका अध्यक्ष थापाले बताउनुभयो ।

कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरु समस्यामा परेको सर्केगाड गाउँपालिका-१ जैरका युवराज रावतले गुनासो गर्नुभयो । नागरिकता बनाउन नपाउँदा आफूलाई समस्या भएको रावतको भनाइ थियो ।

जैर गाउँबाट झन्डै ३ घण्टा हिँडेर सर्केगाड आइपुगेको भएपनि कार्यालयमा पुग्दा सेवाग्राहीलाई कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको रावतले बताउनुभयो ।

कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । महिना दिन बित्दा समेत कार्यालयमा कर्मचारी कोही नहुँदा दक्षिणी भेगमा रहेका चारवटा गाउँपालिकाका सेवाग्राहीले समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।

गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई-तीन हजार खर्च हुने गर्दछ तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको नागरिकता बनाउन सर्केगाड पुगेका सोही पालिका-४ का सपना थापाले बताउनुभयो । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनु परेको गुनासो थापाको छ । सदरमुकाम सिमकोट पुग्न एकदिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । अब एक-दुई दिनमा कार्यालयमा इकाला प्रशासनका प्रमुख नआएपछि सदरमुकाम सिमकोट पुग्नु पर्ने बाध्यता पुरानै रहने भएको थापाले बताउनुभयो । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम नहुने उहाँको गुनासो छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]