सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका-५ निवासी तथा नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकायााको घरमा आज बिहान ९ बजे घरमा आगलागी भएको छ । घरको तेस्रो तल्लामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । आगलागीले तस्रोको पुरै जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा, अन्य भएका सम्पूर्ण मालसामान जलेर नष्ट भएको छ आगलागी भएको घरको नियन्त्रणमा नेपाली सेेना, शसस्त्र प्रहरी बल, नेपाल नेपाल प्रहरी सहित स्थानीय लागि परेका छन् । आगलागी भएको घरको पूर्ण नियन्त्रणमा आउन सकेको छैन भने आंशिक नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणमा बालमन्दिर माध्यमिक बिद्यालयका बिद्यार्थी पनि लागि परेका छन् । आगलागी के कतप कारणले भएको हो जानकारी आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । घरमा क्षतिको विवरण समेत आउन रहेको छ भने आगो नियन्त्रणमा ल्याउन सदरमुकाम बासी लागि परेका छन् ।