चिसोले घाममा बसेर वार्षिक परीक्षा दिँदै विद्यार्थी

Nepal Chek सोमबार, पौष १६, २०८०

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्ष झै हिमपात नभएपनि चिसा अत्याधिक हुने हुँदा खुल्ला चौरमा डेस्क,बन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तीम परीक्षा दिइरहेका छन् । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् ।

कक्षा कोठा भित्र चिसो बढी हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई घाममा राखेर परीक्षा सञ्चालन गरेको सोही विद्यालयका प्रधानध्यापक प्रेमकला बुढाले बताउनुभयो । प्रधानध्यापक बुढाले भन्नुभयो, “स–साना बालबालिकाले यो चिसोको समय हिउँदयाममा कक्षा कोठा भित्र बसेर परीक्षा दिन नसक्ने अवस्था आएपछि चौरमै डेस्क,बेन्च राखेर वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।” चिसोले कक्षा कोठा भित्र लेख्न नसक्ने भएपछि चौरमै बसेर परीक्षा दिने व्यवस्था गरिएको प्रधानध्यापक बुढाले बताउनुभयो । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

बलभद्र आधारभूत विद्यालय साँतामा एक सय १६२ जना विद्यार्थी रहेका छन् भने कक्षा एक देखि छ सम्म पठनपाठन हुँदै आएको छ । हाल ८ जना शिक्षक सोही विद्यालयमा कार्यरत रहेका छन् । वार्षिक परीक्षा सकिएपछि ४५ दिनका लागि विद्यालय हिउँदे विदा हुने भएको उहाँले बताउनुभयो ।
सिमकोट गाउँपालिकाले वडा १ देखि ८ सम्म आफ्नो मातहतमा रहेका आधारभूत, निम्नमाध्यामि, माध्यामिक विद्यालयमा आजबाट एकसाथ वार्षिक परीक्षा सञ्चालन गरेको हो । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । भने अधिकांश विद्यालयहरुले खुला चौरका पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेका छन् ।

सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो अत्याधिक बढेको छ । जिल्लामा हिमपात नभएपनि हिउँदयाममा चिसो अत्याधिक हुने गरेको छ । यस्तै तापक्रम माइनसमा झरेको छ । हिमपात भयो भने जिल्लाको तापधक्रम माइनस १५ डिग्री भन्दा बढीमा झर्ने गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]