सिमकोट गाउँपालिकाद्वारा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई एक-एक लाख सहयोग

Nepal Chek बिहिबार, माघ ०४, २०८०

सिमकोट । गएको कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्प पिडितलाई हुम्लाको सिमकोट गाउँपालिकाले रु एक-एक लाख आर्थिक सहयोग गरेको छ । भुकम्पमा परी ज्यान गुमाएका र पिडित परिवारलाई आर्थिक सहयोग स्वरुप सिमकोट गाउँपालिकाले विहिबार बिहान जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत चेक हस्तान्तरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेललाई रु एक एक लाखको चेक सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), प्रमुख प्रशासकिय अधिकृत शुवास आले, गाउँपालिका लेखा प्रमुख विशाल बोहराले हस्तान्तरण गर्नुभएको हो । सिमकोट गाउँपालिकाले दुई जिल्लाका भुकम्प पिडितलाई रु एक-एक लाखको चेक जिल्ला प्रशासनमार्फत उपलब्ध गराएको लेखाप्रमुख बोहराले बताउनुभयो ।

विपदमा परेको बेला सहयोग गर्नु मानवीय धर्म भएको र थोरै भएपनि पीडितलाई लागेको घाउमा मलमपट्टी लगाउनका लागि उक्त सहयोग गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । सिमकोट गाउँपालिकाले जिल्ला र जिल्ला बाहिरका भुकम्प,आगलागी, बाढिपहिरोलगायत अन्य विपद्मा परेकालाई सहयोग गर्दै आएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

२०८० साल कात्तिक १७ गते राति ११ः४७ जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भुकम्प गएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]