मुगुमा ‘क’ बर्गका ६ जना अपाङ्गता बालबालिकालाई व्हीलचियर सहयोग

Nepal Chek आइतबार, माघ ०७, २०८०

मुगु । मुगु जिल्ला खत्याड गाउँपालिकाका सम्पुर्ण अपाङ्गता भएका ‘क’ बर्गका ६ जना बालबालिकाहरुलाइ बाल बिकास समाजको सहयोग, हामी नेपालको प्राविधिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा सोही संस्थाका प्रतिनिधि अनिल बानियाको अध्यक्षतामा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको उपस्थितीमा अपाङ्गता भएका बालबालिकालाइ व्हीलचियर हस्तान्तरण गरिएको छ ।

अपाङ्गता भएका बालबालिकाहरुको नाम बाचन गरेर प्रमुख अतिथि खत्याड गाँउपालिका अध्यक्ष अज बहादुर शाहीले कार्यक्रमको उदघाटन गर्नुभयो । कार्यक्रम पालिका प्राङ्गणमा संचालन गरिएको थियो ।

सोही संस्थाका बानियाका अनुसार उक्त समाग्री अष्टेलियाबाट आएको र मुगु सम्म ल्याउन निकै कठिनाइ भएको बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मान बढाउन, आत्मबल बढाउन र उनीहरुलाई सहयोग पुगोस भन्ने हेतुले सामग्री सहयोग गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिले समाजिक सञ्जालमा मात्रै टिका टिपढी नगरी निस्वार्थ अनिल बानिया जस्तो मैदान मै खटिएर काम गर्न आग्रह गर्नुभयो । पालिकालाइ निकै सहयोग पुगेको र यस्ता राम्रा काम गरे चाडो बिकास हुने साथै जनतालाइ पनि सेवा पुग्ने उहाँले बताउनु भयो । आफु निकै खुशी भएको र पालिका साथै अभिभावकको तर्फबाट धन्यवाद व्यक्त गर्दै यो पबित्र सेवालाइ निरन्तरता दिन समाजसेवी अनिल बानियालाइ आग्रह गर्नुभयो ।

सामग्री सहयोग कार्यक्रममा सुचना अधिकारी बिरेन्द्र शाही, शिक्षा प्रमुख नरेश शाही, रारा छाँयानाथ नगरपालिका प्रा.स खडक राज भियाल , लेखापाल सुदिन बुढा, वडा सदस्य , पालिका प्राविधिक बिक्रम शाही र जित बुढा, विभिन्न बिधालयका शिक्षक रतन बहादुर शाही , लोकराज घोडासैनी, सुशिल घोडासैनी , बुद्दिजिवि गजेन्द्र उपाध्य्या, बखत ब शाहि स्मृति प्रतिष्ठानका प्रतिनिधि जयन्द्र बहादुर शाही , पालिका प्रतिनिधि ज्युहरु , अभिभावक ज्युहरु, र खत्याड बासी आमा–बुवा , दाजुभाइ तथा दिदि बहिनीहरुको उपस्थितिमा सम्बन्धित बालबालिकालाइ व्हीलचियर अभिभावकको रोवरमा हस्तान्तरण गरियो ।

खत्याड गा.पा. वडा–नं ७ निवासी काले बि क , रोशन भियाल , मनोज थापा , केशव राज जैशी , खत्याड गा.पा. वडा–नं ५ निवासी आइतु रोकाया र खत्याड गा.पा. वडा–नं १० निवासी मंगल रोकायालाइ बितरण गरियो खबर कार्यक्रमका सभापति बानियाले जानकारी दिनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]