सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले विद्यालय तहको आधारभूत तह कक्षा ८ को परीक्षाफल केही दिनअघि मात्रै प्रकाशन गरेको थियो । गाउँपालिकाले आफु मातहतमा रहेका ९ वटा सामुदायिक १ निजी गरी दशवटा विद्यालयमा अध्ययनरत २ सय ३३ विद्यार्थीहरूको माघ ३ गते राति परीक्षाफल प्रकाशन गरेको हो ।
गाउँपालिका शिक्षा शाखाले प्रकाशन गरेको यसपटकको परीक्षाफल अधिकांस विद्यालयको नतिजा लज्जास्पद नै रहेको छ । भने नमुना विद्यालयहरूको पनि सन्तोषजनक परीक्षाफल आएको छैन् । यसपटकको परीक्षाफलले विद्यार्थी, अभिभावक र शिक्षकको मूल्याङ्कन मात्रै होइन गाउँपालिका भित्र रहेका कर्मचारीको पनि मूल्याङ्कन भएको छ ।
सार्वजनिक भएको परीक्षाफलमा रामदेभ माविमा २५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ६ जना मात्रै उर्तीण भएका छन् । यस्तै रलिङ्ग माविमा ११ जनामा १० जना उर्तीण भएका हुन् । श्री सिद्धार्थमा २ जना विद्यार्थीमा दुई उर्तीण, शैपाल हिमालमा २७ जना विद्र्याीथमा १८ जना उर्तीण, कान्तिमा ११ जना विद्यिार्थीमा ६ जना भएको सिमकोट गाउँपालिका शिक्षा शाखाले जनाएको छ । यस्तै कैशाल माध्यामिक विद्यालयमा २५ जना विद्यार्थीमा १० जना विद्यार्थी मात्रै उर्तीण भएका छन् । कर्णाली माध्यामिक विद्यालयमा २९ जना विद्यार्थीमा १९ जना उर्तीण भएका छन् । यि सबै गाउँमा रहेका सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको नतिजा हो । गाउँबाट राम्रो अध्ययनका लागी सरदमुकाममा आएपनि सिमकोटमा रहेका दुई वटा मालमन्दिर र मानसरोवर विद्यालयको नतिजाको हालत पनि उस्तै रहेको छ । बालमन्दिर माध्यामिक विद्यालयमा ४९ जना विद्यार्थीमा ३३ जना विद्यार्थी उर्तीण भएका हुन् भने १६ जना अनुउर्तीण (फेल) भएका छन् । मानसरोवर नमुना माध्यामिक विद्यालयमा ४५ जना विद्यार्थीमा २२ उर्तीण भएका छन् भने २३ जना अनुउर्तीण (फेल) भएको जनाइएको छ । केही विद्यालयहरूमा विद्यार्थी उर्तीणको संख्या भन्दा अनुर्तीण हुने विद्यार्थीको संख्या बढी रहेको छ । यस्तै एक मात्रै निजी विद्यालय कगलकजष्लभ ११ जना विद्यार्थीमा सबै उर्तीण भएका छन् । यसरी गाउँपालिकामा रहेका विद्यालयहरुको कक्षाको नतिजा सार्वजनि भएपछि अधिकांसले शिक्षकहरुको आलोचना समेत गरेका छन् । केही विद्यार्थीलाई सात विषयका सातमा नै अनुतीर्ण भएका छन् ।
यस्तै बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत रमित भण्डारीले ३.५९ जिपीए नम्बर ल्याएर कक्षाको परीक्षामा सामुदायिक विद्यालयका टपर बने छन् । अधिकांस विद्यार्थीले राम्रो अंक ल्याएर उर्तीण ल्याएका छन् भने केही विद्यार्थीले प्रत्येक विषयमा शून्य अंक ल्याएका छन् । कक्षा ८ को परीक्षाफल हेर्दा अहिलेसम्म गाउँपालिकाले शिक्षामा गरेको लगानी खेरै गएको देखिएको गाउापालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निमार्ण र गुणस्तरीय शिक्षाका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले मात्रै वार्षिक लाखौं रुपियाँ लगानी गर्दै आएका छन् । अव भोलिका दिनमा राम्रो नजिता ल्याउन आवश्यकताका आधारमा शिक्षक सरुवा गर्ने काम गर्ने गाउँपालिका श्रोतले बताएको छ ।