प्रेस चौतारी हुम्लाद्धारा तामाङ पुरस्कृत, लामा सम्मानित

Nepal Chek सोमबार, माघ २२, २०८०

सिमकोट । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा हुम्लाका नयाँ पत्रिकाकर्मी नरजन तामाङ पुरस्कृत भएका छन् भने रेडियो कैलाशमा आवद्ध पत्रकार तथा पहिला कान्तिपुरमा कनम गर्दा जिल्लाका महिला, बालबालिका लगायतका क्षेत्रमा कलम चलाउनु भएकी छपाल लामा सम्मानीत हुनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिती हुम्लाले आफ्नो २६ औँ स्थापनाको अवसरमा सोमबार आयोजना गरेको पुरस्कार प्रदान तथा सम्मान कार्यक्रममा लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका तामाङलाई पुरस्कृत र लामालाई सम्मानित गरेको सचिव दाने बोहराले बताउनुभयो । प्रेस चौतारी नेपाल हुम्लाले तामाङलाई ऊर्जावान, क्रियाशील पत्रकारका रूपमा पुरस्कृत गरेको हो । भने लामो समयदेखि रेडियो कैलाश हुम्लामा आवद्ध पत्रकारीता जगतमा क्रियाशील आउनु भएकी लामालाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मानीत गरेको चौतारीका जिल्ला बोहराले बताउनुभयो ।

स्थापना दिवसको अवसरमा सदरमुकाम सिमकोटमा सोमबार आयोजना गरिएको कार्यक्रममा तामाङलाई पाँच हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको प्रेस चौतारी हुम्लाका अध्यक्ष नन्द सिंंहले जानकारी बताउनुभयो । दुर्गमका विकटताका चुनौतीसँग लड्दै लामो समयदेखि पत्रकारिता गरेकाले उक्त कार्यको सम्मान गर्दै नयाँ पत्रिकाकर्मी तामाङलाई नगदसहित सम्मान गरिएको अध्यक्ष सिंहले बताउनुभयो । कार्यक्रममा पत्रकार तामाङ अनुपस्थित रहेकाले छोरी अस्मिताले पुरस्कार ग्रहण गर्नु भएको थियो ।

मानसरोवर होटलमा भएको कार्यक्रमका अध्यक्ष प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहको रहेको थियो, भने नेकपा एमाले हुम्लाका कार्यवाहक अध्यक्ष गोकुल बुढाको प्रमुख आथित्यमा र सिमकोट गाउँपालिका कार्यवाह अध्यक्ष नन्द रावतको विशेष आथित्यमा सम्पन्न भएको सचिव बोहराले बताउनुभयो । यस्तै स्थापना दिवस कार्यक्रममा सहयाज प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी लगायत राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।

चौतारीले प्रत्यक वर्ष हुने आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाग्री सहयोग तथा पुरस्कार प्रदान तथा सम्मान कार्यक्रम गर्दै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]