सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले आफ्नो छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको छ । दुई वर्षअघि ११ वर्षकी माया विक छतबाट लडेर घाइते भइ एक खुट्टा भाँचिएको थियो ।
उपचारका लागि घरपरिवारमा आर्थिक नभएका कारण उपचार नपाएर विकको अहिले भाचिएको खुट्टा बांगिएको छ । भने उमेर बढ्दै जाँदा हिडडुलमा समस्या हुँदै आएको बुवाले गुनासो पोख्नुभयो । त्यो समय उपचार गर्नका लागि राम्रो अस्पतालमा लिन घरमा आर्थिक समेत नहुँदा छोरीको भाँचिएको खुट्टाको उपचार हुन नसकेको विकका बुवाले दुखेसो पोख्नुभयो । ११ वर्षिया विकको दाँया भागको खुट्टा भाँचिएको हो । विकले राम्रोसँग बोल्न समेत नसक्ने भएको उहाँको भनाई थियो ।
भाँचिएको खुट्टाको अहिले पनि उपचार गर्न सकिने भएता पनि विकको घरमा आर्थिक अवस्था कम्जोर भएकाले सुविधा सम्पन्न अस्पतालमा लिन नसक्ने गुनासो पोखेको डाडाफयाँ स्वास्थ्यचौकीमा कार्यरत सन्तोष बोहराले बताउनुभयो । स्वास्थ्यकर्मी बोहराले भन्नुभयो, अहिले पनि ती नानीको उपचार गर्न सकिन्छ तर आर्थिक बढी चाहिन्छ । विकको खुट्टाको उपचार गर्नका लागि घरमा आर्थिक अवस्था कम्जोर र दयनिय रहेको बोहराले बताउनुभयो । विकका घरपरिवारले अपांग तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थालाई छोरीको उपचारका लागि आर्थिक सहयोग माग गरी दिन आग्रह गरेको बताउनुभयो ।