क्षयरोग दिवसको अवसरपारी अन्तर विद्यालयस्तरिय बक्तृत्वकला सम्पन्न

Nepal Chek शुक्रबार, चैत्र ०९, २०८०

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा विश्व क्षयरोग दिवसको अवसर पारी अन्तर विद्यालयस्तरीय बक्तृत्वकला सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहको अध्यक्षतामा र जिल्ला समन्वय समितीका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा उक्त दिवसको अवसरपारी बक्तृत्वकला सम्पन्न भएको हो ।

“हो हामी क्षयरोग अन्त्य गर्छौ”, “क्षयरोग अन्त्यका लागि हामी एक जुट हौं” भन्ने विषयमा प्रतियोगिता भएको जिल्ला अस्पतालका ल्याब अशिस्टेशन भक्ति फडेराले बताउनुभयो । सिमकोट गाउँपालिकामा रहेका सातवटा माध्यामिक विद्यालयलाई सहभागीताको लागि परिपत्र गरेपनि तीनवटा विद्यालयको मात्रै सहभागीता रहेको फडेराले बताउनुभयो । मानसरोवर माध्यामिक विद्यालयमा भएको उक्त प्रतियोगितामा प्रथम सर्जनी रावल, द्धितीय रुपेश शाही कर्णाली माध्यामिक विद्यालय, अनिल फडेरा तृतिय मानसरोवर माध्यामिक विद्यालय र सान्तना हुने प्रशान्त बुढा सोही विद्यालयको रहेको फडेराले बताउनुभयो ।

क्षयरोगी उपचारको पहुँचमा ल्याउनुका साथै लक्ष्य अनुसार क्षयरोगीको पहिचान गर्नु पर्ने कार्यक्रमका अथिती तथा समन्वय समितीका प्रमुख शर्माले बताउनुभयो । क्षयरोगलाई नियन्त्रणमा ल्याउनु नयाँ संक्रमित पत्ता लगाउने, नियमित औषधी खुवाउनु अत्यन्तै आवश्यक छ । त्यसका लागि सबै सरोकारवाला निकायले त्यसखालको कार्यक्रमहरु ल्याउनु पर्ने प्रमुख शर्माको भनाई थियो ।

लक्षण विना पनि क्षयरोग लागेको हुनसक्छ, क्षयरोगका लक्षण रोगसँग पनि मिल्छ, त्यसैले मानिसहरुले क्षयरोग चेकजाँच गर्न चासो दिंदैनन्, जनचेतनाको पनि अभाव भएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिंहले बताउनुभयो । सरकारले क्षयरोगको औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

क्षयरोग नियमित उपचारले निको हुने उहाँको भनाई छ ।क्षयरोग माइक्रोब्याटेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण हुन्छ । यो रोग खोक्दा वा हाछ्युँ गर्दा बिरामीबाट हावामा गई हावालाई दुषित बनाउँछ र उक्त हावा स्वाथ्य मानिसले लिँदा रोग सर्न सक्ने भएको जिल्ला अस्पतालका डाक्टर सुनिल पुजाराले बताउनुभयो । लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउने, खाना नरुच्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जानेजस्ता लक्षणहरु देखा परेमा रोग लागेको हुन सक्ने डाक्टर पुजारको भनाई छ । क्षयरोग नङ र कपाल बाहेक शरीरका सबै अंगमा लाग्न सक्छ । फोक्सोमा लागेको क्षयरोग सर्ने गर्दछ । नेपालमा बढीजसो फोक्सो लागेको क्षयरोगी पत्ता लाग्ने गरेको उहाँको भनाई छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]