बजार प्रवद्र्धनका विषयमा सरोकारवाला निकायसँग कार्यान्वयन इकाइको अन्तरक्रिया

Nepal Chek मंगलबार, चैत्र २७, २०८०

सिमकोट । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई कार्यालय हुम्लाले मङगलबार जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । हुम्लामा स्याउ र ओखर खेतीको संभावनालाई मध्येनजर गर्दै स्याउ तथा ओखरका लागि बजार प्रवद्र्धनका विषयमा सरोकारवाला निमायसँग रायसुझाव संकलन गरेको हो । स्याउ तथा ओखर उत्पादन बृद्धि,बजारीकरण र स्याउ तथा ओखर उत्पादक कृषकहरुलाई प्रोत्साहन लगायतका बारेमा समेत छलफल भएको थियो ।

कुनै बेला स्याउलाई माटोको खाल्डोमा भण्डारण गरेर राखिन्थ्यो । मेहनतका साथ उत्पादित स्याउको मुल्य नहुँदा किसान निराश हुँदै आएका छन् । स्याउ तथा ओखरले बजारको मागलाई निर्वाध रुपमा पुर्ति गर्नका लागि चीनसँग सिमा जोडिएको हिल्सामा क्वारेन्टटाइनको व्यवस्था गरिनु पर्ने प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई कार्यालय हुम्लाका प्रमुख राम दरेश रायले बताउनुभयो । जसका लागि आगामी योजना तर्जुमा गर्न जरुरी रहेको प्रमुख रायले बताउनुभयो ।

हुम्लामा उत्पादन हुने गरिने स्याउ र ओखर प्रवद्र्धनका लागि गुणस्तर,उत्पादन प्रक्रिया, उत्पादनपूर्वको अध्ययन र बजारको माग लगायतमा ध्यान दिनुपर्नेमा कार्यक्रममा उपस्थित विभिन्न सरोकारवाला निकायको जोड थियो । गुणस्तरीयता, प्याकिङ, उत्पादन प्रक्रिया, मापदण्ड, उत्पादन पूर्वको अध्ययन तथा अनुसन्धान तथा त्यसको मूल्य तथा बजार मागको मूल्यांकन लगायतमा ध्यान दिन आवश्यक रहेको बताइएको छ ।

विषेश गरी स्याउ ओखरका क्षेत्रमा छलफल भएको हो । स्याउ ओखर ढुवानी तथा अनुदानका लागि आएको ७५ प्रतिशत निशुलक बजेटमा कुनैपनि कृषकले आवेदन दर्ता नदिएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन इकाई हुम्लाका प्रमुख रायले बताउनुभयो । आफु हुम्ला पुगेको तीन महिना भइसक्दा पनि अनुदानको माग गर्न कोही पनि नपुगेको प्रमुख रायले बताउनुभयो । स्याउ ओखरको मुल्य एकरुपता गरेर आयात र निर्यातलाई प्रवन्धन गर्न समेत सुझाव दिइएको छ ।

आजै भएको बजार प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम सोही कार्यालय प्रमुख राम दरेश राय, जिल्ला समन्वय समितीका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा सञ्चालन भएको थियो । यस्तै उक्त कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख दलु फडेरा(सन्जय), सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध), नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल, प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल लगायत विभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधि, विभिन्न वडाका वडाध्यक्षको उपस्थित रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]