सिमकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले यही वैशाख १० गते आठौं साधरण सभा गर्ने भएको छ ।
पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतको अध्यक्षतामा बसेको बैठकले आठौं साधरणसभाको मिती तय सहित पाँच वटा निर्णय समेत गरेको छ । महासंघ हुम्लाले आफ्नो साधरणसभा सञ्चालनका लागि महासंघ शाखा हुम्लाका सह–सचिव छपाल लामाको नेतृत्वमा तीन सदस्यीय प्रचार, प्रसारको उपसमिती समेत गठन गरिएको छ ।
यस्तै कार्यक्रमको सम्पूर्ण व्यवस्थापनका लागि सुरेश परीयारको संयोजकत्वमा तीन सदस्यीय उपसमिती गठन गरिएको हो । आठौं साधरणसभा सम्पन्न गर्नका लागि एक जना केन्द्रिय प्रतिनिधि पठाइ दिनका लागि केन्द्रिय कार्य समितीलाई जिल्ला कार्य समितीले अनुरोध गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ ।
यस्तै बुधबार बसेको पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको कार्य समिती बैठकले साधरणसभाको दिन जिल्लामा कार्यरत एक जना क्रियाशिल पत्रकारलाई रु दश हजार राशीको पत्रकार जय बहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको हो । एक जना पत्रकारलाई पुरस्कृत छनोट गर्न पत्रकारद्धय नवराज महतारा, अर्जुन बोहरा र जनक बहादुर शाहीको जिम्बा लगाइएको छ । यसका लागि तीन सदस्यीय उपसमिती गठन गरिएको छ ।
साधरणसभामा पत्रकार महासंघको हालसम्म भए गरेका गतिविधी सहित आर्थिक तथा सांगठनिक प्रतिवेदन महासंघका जिल्ला सचिव नन्द सिंह र कोषाध्यक्ष सुरेश परीयारले तयार गरी बन्द शत्रका दिन पेश गर्ने निर्णय गरिएको महासंघ हुम्लाले जानकारी दिएको छ ।