सिमकोट । हुम्लाको मध्ये भेग सर्केगाड गाउँपालिका–४ गैरीसायाँ गाउँमा जन्मिनुभएका रविन्द्र शाही पेशाका हिसाबले राष्ट्रसेवक कर्मचारी हुन् । तर पछिल्लो समय शाही विभिन्न विषयवस्तुमा रहेर समायानुकुल साहित्य विधामा कमल चलाउँदै आएका छन् । शाहीले हुम्ला सहित कर्णालीका गाउँघरमा सिंहदवार नआएको अनुभूति देउडा मार्फत यसरी व्यक्त गर्नुभएको छ । शाहीले लेखेका देउडा गीत यस्ता छन् ।
देउडा गीतहरु
दिन लामा चैत बैशाख रात लामा पुसै छन् ।
सिंहदरबार गाउँ आएपन दुख त उसै छन् ।।
कोई खोला वारि मै बस्या कोई खोला तरेका।
सिँह गयो गएन दरवार त्यही भई दुख परेका ।।
स्यालको सिकार गर्न बाघको तर्जुमा गर्नै छ ।
गाउँ विकास गर्न तिमी हामी अगाडि बढ्नै छ । ।
सिंह दरबारको सिंह कन, गाउँतिर नै लैजानु, ।
तिमी हामी मिलिकान, एकै ठाउँ होइजानु।।
सङ्गै होइजाउ मेलापात, सङ्गै घास काटुला ।
विकास गरौं निकास गराउ, सौरडी साटुला।।
✍️रबिन्द्र शाही
लेखन र संकलन