सिमकोट । प्रहरीले सिमकोटका विभिन्न जुवाको खालबाट ठूलो संख्याका जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
ठूलो दाउ राखेर जुवा खेलिरहेका दुई दर्जन भन्दा बढि जुवाडेलाई खालबाटै पक्राउ गरेर लगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
‘सिमकोट माथिल्लो बजारमा रहेका विभिन्न तीन स्थानबाट ठूलो रकम र तासका गड्डी सहित पक्राउ गरेको जनाएका जिल्ला प्रहरी प्रमुख हेरम्भ शर्माले पक्राउ परेका जुवाडेको संख्या र जफत गरेको रकमका बारेमा केहि समयपछि जानकारी दिइने जानकारी दिए ।
हामीले विभिन्न स्थानबाट ठूलो संख्यामा जुवाडेलाई पक्राउ गरेर ल्याएका छौं’ प्रहरी प्रमुख शर्माले भने, अहिले कार्यालयमा रकम गणना गर्ने र पक्राउ परेका व्यक्तीहरुको सनाखत गर्ने काम भैरहेकाले एकिन गर्न केहि समय लाग्ने छ ।’
स्रोतका अनुसार जुवाको खालबाट पक्राउा पर्नेमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारी, व्यापारी लगायत रहेका छन् ।