साढे ४३ हजार सहित १९ जुवाडे पक्राउ

नेपालचेक समचारदाता शनिबार, साउन ०९, २०७८

सिमकोट । प्रहरीले सिमकोट माथिल्लो बजारबाट ४३ हजार ६१५ रकमसहित १९ जना जुवाडैलाई जुवाको खालबाट पक्राउ गरेको छ ।

सिमकोट माथिल्लो बजारको एक घरमा दुई समुह बनाएर ठूलो रकम राखेर जुवा खेलिरहेका जुवाडेलाई विषेश सुराकीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

ठूलो संख्यामा जम्मा भएर ठूलो रकमको दाउ राखेर जुवा खेलिरहेको मौकामा गएको प्रहरीको टोलीले उनिहरुलाई रकम सहित पक्राउन गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको प्रहरी नायवउपरिक्षक हेरम्ब शर्माले जानकारी दिए ।

हामीले माथिल्लो बजारबाट १९ जनाको संख्यामा जुवाडेलाई जुवा खेल्न शुरु राखिएको ४३ हजार ६१५ रकम सहित पक्राउ गरेर ल्याएका छौं’ प्रहरी प्रमुख शर्माले भने, ‘पक्राउ परेका सबै जुवाडेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

जुवाडेको नाम उल्लेख गर्न नमानेका प्रहरी प्रमुख शर्माका अनुसार जुवा खेल्ने र जुवा खेलेको हेर्नेलाई पनि प्रहरीले नियन्त्रण गरेर लगिएको हो ।

पक्राउ गरेर लगिए लगत्तै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका सबैजालाई मुद्धा चलाउने तयारी प्रहरीले गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जुवाको खालबाट पक्राउा पर्नेमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारी, व्यापारी र सर्वसाधारण समेत रहेका छन् । जुवा खेलेको आरोपमा पक्राउ परेका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारीलाई छुटाउन जिल्लाका नेता र पुर्वसांसदले प्रत्रहरीलाई दवाव दिइरहेको बुझिएको छ ।

लामो समयदेखि जिल्ला सदरमुकाम सिमकोटमा व्यावसायिक रुपमा जुवा खेल्ने गरेको भएपनि जुवाडेलाई नियन्त्रणमानलिएको भन्दै सर्वसाधारणले प्रहरी प्रशासनप्रति असन्तुष्टी प्रकट गर्दै आएका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]