सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपालकै पहिलो पटक अण्डर १२ वर्षका बालबालिकाका लागि कर्णाली किड्स कप २०८१ आयोजना भएर फुटबल प्रतियोगीता सञ्चालन भइरहेको छ । वैशाख सात गते शुक्रबारदेखि कर्णाली किड्स कप आयोजना भएर फुटबल प्रतियोगीता सञ्चालन भइरहेको छ ।
नेपालमै पहिलो पटक शुरु भएको कर्णाली किड्स कप २०८१ बालबालिकाका लागि खेलकुद भन्ने नाराका साथ १२ वर्ष मुनिका बालबालिकाका लागि आयोजना गरेर ११ वटा टिम विच कडा प्रतिस्पर्धा भइरहेको आयोजक रेडियो श्रीनगर एफएमका संस्थापक अध्यक्ष नवराव महताराले बताउनुभयो । खेलकुद मानव जीवनका अति आवश्यक र अपिहार्य भएकाले स साना बालबालिकालाई यसमा आकर्षित गर्नका लागि र उनीहरुको स्वास्थ्य सबल राख्नका लागि कर्णाली किड्स कप आयोजना गरिएको आयोजक टिमका नवराज महताराले बताउनुभयो । आधारभूत तहका बालबालिकाहरुको लागि आयोजना गरिएको कप नेपालमै पहिलो रहेको बताउनुभयो ।
आयोजक महताराले भन्नुभयो, “गुणस्तरीय शिक्षा, खेलकुदका लगायतका अनेक बाहनामा कर्णालीका हिमाली जिल्लाहरुबाट बालबालिकालाई विभिन्न शहरमा ओसारपसरा गर्ने क्रम नरोकिएपछि त्यसको सन्देश प्रवाह गर्न प्रतियोगीता आयेजना गरिएको हो ।” गाउँमै गुणस्तरीय शिक्षासहितको खेलकुद प्रदान गर्न सकिन्छ भन्ने मान्यता स्थापीत गर्न हामीले, पहिलो पटक कर्णाली किड्स कप २०८१ को आयोजना हुम्लाबाटै गरेको र हिंसा विरुद्ध आवाज उठाउन समेत गर्ने भएको बताउनुभयो । ”
अदानचुलीमा आयोजना भएको कर्णाली किड्स कपमा बालबालिकाको उत्साहजनक उपस्थित रहनुका साथै अभिभावक र अन्य सर्वसाधरणको पनि ठूलो सहभागीता रहेको महताराले बताउनुभयो । आइतबार सातवटा टिम विच फुटबल खेल प्रतिस्पर्धा भएर क्वाटरफाइनका खेल सम्पन्न भएका छ । भने आज सोमबार सेमिफाइनलका खेल खेलाइने भएको आयोजक टिमले जनाएको छ ।
प्रतियोगितामा प्रथमलाई रु ३० हजार, दोस्रो रु २० हजार तेस्रो हुने टिमलाई रु दश हजार नगद सहित प्रमाणपत्र, शिल्ड प्रदान गरिने भएको छ । यस्तै बालबालिकाका लागि खेलमुद भन्ने नाराका साथ रेडियो श्रनिगर, माउण्ड एभरेष्ट इंलिस बोर्डिङ स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजना भएको हो ।
कर्णाली किड्स कप २०८१ फुटबल प्रतियोगीतामा प्रतिस्पर्धा गर्दै गरेका बालबालिका थप तस्विरहरु ।