ताँजाकोटका विद्यालय साउन १५ गतेबाट सञ्चालन हुने

नेपालचेक समचारदाता शनिबार, साउन ०९, २०७८

हुम्ला । लामो समयको निषेधाज्ञले बन्द भएको सबै विद्यालयलाई जिल्लाको ताँजाकोट गाउँपालिकाले यहि साउन १५ गते देखि सञ्चालन गर्ने भएको छ ।

ताँजकोट गाउँपालिकाले शबिहिबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको सबै सामुदायीक बवद्यालयलाई आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई आगामी साउन १५ गतेदेखि सूचारु गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए । ‘कार्यपालिकाको बैठकको नर्णय अनुसार हामीले पालिका भित्रका सबै विद्यालयहरुलाई सञ्चालनको तयारी थाल्न सूचना जारी गरिसकेका छौं’ अधिकृत ढकालले नेपालचेकसँग भने, ‘विद्यालय आवश्यक स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर सञ्चाmन गर्ने व्यवस्था गाउँपालिकाले मिलाउन छ ।’

कोभिड–१९ को दोस्रो चरणको संक्रमणका कारण जिल्लाकै हटस्पटका रुपमा रहेको ताँजकोटमा जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसिएिमसी) हुम्लाको निर्णय अनुसार लामो समयसम्म बन्द भएका विदालय नयाँ शैक्षिक शत्र शुरु भएको एक महिना बित्ददा समेत नखुल्दा विद्यार्थीको भई पठनपाठनमा निकै अबरोध भएका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई बिद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले जानकारी दिए ।

‘विषेश किसिमको परिस्थिती पछिल्लो समय गाउँपालिकाको अथक प्रयासले नियन्त्रणमा आएको अवस्थामा बन्दाबन्दीले बिद्यार्थीलाई मात्रै ठूलो प्रभाव पारेको छ । अरु सबै कामहरु भै रहेकै छन् । त्यसैले हामीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गाउँपालिका भित्रका सबै सामुदायीक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेका हौं’ अध्यक्ष मल्ले थपे ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]