सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक मात्रै २०६७ सालमा स्थापना भएको मानसरोवर बहुमुखी क्याम्पसको कार्यवाहक अध्यक्षमा विरजङ शाही चयन हुनु भएको छ ।
बुधबार बसेको बैठकले जेष्ठ सदस्यसमेत रहनुभएका शाहीलाई कार्यवाहकमा चयन गरेको हो । हालका अध्यक्ष छक्कबहादुर लामा अधिकांश समय जिल्लाबाहिर रहने भएकाले लामाकै सहमतिमा शाहीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरिएको क्याम्पस प्रमुख दिपक भण्डारीले बताउनुभयो ।
व्यवस्थापन समितिका सदस्य सचिव एवं क्याम्पस प्रमुख भण्डारीलाई बैठकले बुधबारबाट लागू हुने गरी शाहीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरिएको हो । अधिकांश बैठकमा हालका अध्यक्ष लामा जिल्लाबाहिरै रहने भएको कारण ज्येष्ठ सदस्यका नाताले शाहीले नै बैठकको अध्यक्षता गर्दै आउनुभएको थियो । शाही क्याम्पस स्थापनादेखि व्यवस्थापन समितिको सदस्य रहँदै आउनुभएको छ । त्यसैगरी बैठकले त्रिवि अनुदान आयोगबाट प्राप्त इकुटी ग्याण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको क्याम्पस प्रमुख भण्डारीले बताउनुभयो ।
बैठकमा समितिका सदस्य जंगबहादुर रोकाया, विनोद बोहरा, नन्द रावत, गोरासिंह बोहरा, ताक्लाजिक्मेत लामा, राजन रावतलगायतको उपस्थित रहेको थियो ।