विद्यार्थीको प्रतिभा पहिचानका लागि एकल देउडा गायन र निवन्ध लेखन

Nepal Chek शनिबार, बैशाख १५, २०८१

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सामाजिक विकास कार्यालयले आयोजना गरेको जिल्ला स्तरमा विद्यालय तहका विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तरगर्त एकल देउडा गीत गायन प्रतियोगीता सम्पन्न भएको छ । भने साथै शिक्षामा नयाँ आयाम, आजको आवश्यकता विषयमा निबन्ध लेखन प्रतियोगिता समेत सञ्चालन भएर सम्पन्न भएको छ । जिल्लाभरीका विद्यालयलाई सहभागीताका लागि पत्रचार गरेपनि पाँचवटा विद्यालयको मात्रै सहभागीता रहेको थियो । जिल्लास्तरका सम्पुर्ण विद्यार्थीको क्षमता विकासका साथै उनिहरुमा लुगेको प्रतिभालाई उजागर गर्ने उद्यश्यले यो कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्क बहादुर बस्नेतले बताउनुभयो ।

एकल देउडा गीत गायन तर्फ चार वटा विद्यालयको सहभागी रहेको थियो । जसमा सिमकोट गाउँपालिकाका कैलाश, मानसोवर र बाल मन्दिर माध्यामिक बिद्यालयको सहभागीता रहेको थियो । भने त्यस्तै खार्पुनाथ गाउँपालिकाबाट मान्धारा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो ।
सामाजिक विकृति विसंगति विरुद्ध भएको सचेतनामुलक एकल देउडा गीत गायनमा मान्धारा माध्यामिक विद्यालयका शान्ति परीयार प्रथम हुनु भएको छ । कैलाश माध्यामिक विद्यालयका आष्टिका शाही दोस्रो, बालमन्दिर माध्यामिक विद्यालयका सुनिता लामा तेस्रो र मानसरोवर माध्यामिक विद्यालयका सर्जन विक सान्तना भएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख बस्नेतले बताउनुभयो ।

यस्तै शिक्षामा नयाँ आयम आजको आवश्यकता भन्ने निवन्धन लेखन विषयमा जिल्लाका पाँचबाट विद्यालयको सहभागीता रहेको थियो । जसमा सिमकोट गाउँपालिकाका कैलाश र बाल मन्दिर माध्यामिक विद्यालयको सहभागीता रहेको थियो । भने खार्पुनाथ गाउँपालिका सीता माध्यमिक र चंखेली गाउँपालिका महादेव माध्यमिक बिद्यालय सहभागी रहेको थियो ।

त्यस्तै शिक्षामा नयाँ आयम आजको आवस्यकता विषय निबन्ध लेखन प्रतियोगितामा चंखेलीको महादेव माध्यामिक विद्यालयकी छात्रा ममिता शही प्रथम भएको सूचना अधिकारी धर्मराज बोहराले बताउनुभयो । मानसरोवर माध्यामिक विद्यालयका अनिल शाही दोस्रो, सीता माध्यामिक विद्यालयकी पवना हमाल तेस्रो र कैलाश माध्यमिक विद्यालयका योगेन्द्र शाही शान्तना भएको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो ।

शनिवार बालमन्दिर माध्यामिक विद्यालयमा भएको एकल देउडा गीत गायन र शिक्षामा नयाँ आयम आजको आवस्यकता प्रतियोगितामा प्रथमलाई रु ६ हजार ७ सय ५०, दोस्रो लाई ५ हजार ५ सय ५०, तेस्रोलाई ३ हजार ७ सय ५० र सान्तनालाई २ हजार २ सय ५० नगत सहित प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार सामाजिक विकास कार्याल प्रमुख बस्नेत, सिमकोट गाउँपालिका कार्यवाकह अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकाया(भाम), सोहि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले प्रदान गर्नु भएको थियो । कार्यक्रम समाजिक विकास कार्यलय प्रमुख बस्नेतको अध्यक्षतामा भएको थियो भने सिमकोट गाउँपालिका कार्यवाकह अध्यक्ष तथा उपाध्यक्ष रोकायाको प्रमुख आथित्यमा सम्पन्न भएको हो । शिनवार भएको कार्यक्रममा विभिन्न बिद्यालयको शिक्षक, विद्यार्थी, लगायतको सहभागीता रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]