महेश बस्नेतको चेतावनीः एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं

नेपालचेक समचारदाता शनिबार, साउन ०९, २०७८

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावदी दिएका छन् ।

शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए आगो बाल्ने चेतावनी दिएका हुन् ।

एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको उनको भनाई छ ।

‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने ।

राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई उनले आग्रह गरे ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]