कोरोना सङ्क्रमण निरन्तर उकालो : थप ३ हजार ११४ जना सङ्क्रमित

नेपालचेक समचारदाता शनिबार, साउन ०९, २०७८

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन्  । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]