सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पूर्णखोप दिगोपना सुनिश्चित घोषणा भएको छ । आज जिल्ला समन्वय समितीको सभाहलमा एक कार्यक्रमका विच पूर्णखोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा भएको हो ।
गाउँपालिकाभित्र रहेका वडा एकदेखि आठसम्मका लक्षित वर्गका सबै बालबालिकाले लगाउनु पर्ने सबै खोप पाएपछि आज गाउँपालिकालाई दिगोपना सुनिश्चित घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । खोप समन्वय समितिको बैठकले वडा नम्बर एकदेखि आठसम्मका १६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका सबैले खोप लगाएको पाएपछि आज घोषणा गरिएको संयोजक भण्डारीले बताउनुभयो ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा र गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाको विशेष आथित्यमा पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको उहाँले बताउनुभयो । यस्तै आज भएको कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख तथा प्रनिनिधिको सहभागीता रहेको थियो ।
घोषणा कार्यक्रमा पालिका भित्र रहेका १२ वटा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिलाई घोषणाका लागि अहम भूमिका खेलेको भन्दै प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो । यस्तै प्रत्येक वडाका वडाध्यक्षलाई समेत सम्मानपत्र वितरण गरिएको थियो । भने खोप समन्वय समितीका सदस्य सचिव रहेको स्वास्थ्य सेवा कार्यालयलाई पनि उक्त सम्मानपत्र वितरण गरिएको हो ।