सोह्र महिनादेखि पाँच वर्षमुनिका लामा जातिका बालबालिका गाउँमा शून्य

Nepal Chek शुक्रबार, बैशाख २८, २०८१

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँमा लामा समुदायका सोह्र महिनादेखि पाँच वर्ष मुनिका बालबालिका यहाँका विभिन्न गाउँमा शून्य छ । पूर्णखोप सुनिश्चितका लागि अनुगमनका क्रममा दलित समुदायका बालबालिका गाउँमा भएपनि लामा जातिका बालबालिकाको संख्या शून्य रहेको हो ।

बालबालिका भएपनि सबै युवायुवती सदरमुकाम सिमकोट लगायत जिल्लाबाहिरका शहर केन्द्रित भएपनि वडा ३ का विभिन्न गाउँमा १६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाको संख्या शून्य रहेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो ।

संयोजक भण्डारीले भन्नुभयो, “गाउँमा वृद्धवृद्धा मात्रै बसोबास गरेका कारण उक्त उमेर समुहका बालबालिकाको शून्य रहेको छ ।” ती उमेर समुहका बालबालिका भएपनि गाउँबाहिर छन् । गाउँमा बुढापाखा मात्रै भेटिने गरेका छन् ।”

गाउँमा युवायुवती कोही नबस्ने भएका कारण बरगाउँ, लिमाटाङ्, तोर्पा, हुटिक लगायतका गाउँमा १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको संख्या शुन्य रहेको छ । यी गाउँका सबै युवायुवती व्यापार व्यवसाय तथा रोजगारका शिलशिलामा सबै गाउँबाट बाहिरिएपछि यी गाउँहरुमा बालबालिको संख्या शून्यतामा झरेको हो ।

उनिहरुका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिका भएपनि सिमकोट छन् । उनिहरुले गाउँका स्वास्थ्यचौकीबाट खोप लगाएको पाइदैन् । सबैले जिल्ला सदरमुकाम सिमकोटबाट उक्त उमेरका बालबालिकालाई खोप लगाउने गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

बरगाउँ, तोर्पा र लाङदु गाउँमा भने दलित समुदायका बालबालिका मात्रै पाँच वर्ष मुनिका छन् । उनिहरु आर्थिक हिसावले सबल नभएका कारण गाउँमै बसोबास गर्दा उनिहरुका बालबालिका गाउँमा भेटिने गरेका छन् । तर लामा समुदायका भने सबै शहर केन्द्रित भएका छन् । लामा समुदायका युवायुवतीहरुले प्राय बच्चा कमै पाउने गरेको पनि पाइन्छ ।

उता वडा नम्बर ३ मा रहेको लिमाटाङ गाउँमा भने बालबालिकाको संख्या शुन्यतामा छ । उक्त गाउँमा पाँच वर्ष मुनिका कुनै पनि समुदायका बालबालिका गाउँमा नभएको पाइएको छ । केही वर्ष यता वृद्धवृद्धा मात्रै भएको गाउँ लिमाटाङ हो । यस गाउँमा युवायुवती सबै सदरमुकार र ठूला शहर केन्द्रित छन् । गाउँमा कमै मात्र वृद्धवृद्धा भेटिने गरेको पाइन्छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]