हावाहुरीले रामदेव विद्यालयको छानो उडायो

Nepal Chek बुधबार, जेठ ०२, २०८१

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहेमा रहेको रामदेव माध्यामिक विद्यालयको छानो हावाहुरीले उडाएको छ । विद्यालयको छानो जस्तापाताले छाएको थियो । मंगलबार राती बेस्सरी चलेको हावाले जस्तापाताले छाएको छानो उडाएको हो । मंगलबार राती चलेको हावाले रामदेव माध्यमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको सोही विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डाररीले बताउनुभयो । हावाहुरीले उक्त विद्यालयको एकतर्फि भागको सबै जस्तापाता उडाएको छ ।

हावाहुरीले उडाएको दुई कोठे भवनमा कक्षा सात र आठका विद्यार्थी अध्ययन गर्दै आएका थिए । कक्षा सातमा १८ जना र कक्षा आठमा २२ जना विद्यार्थी हावाले उडाएको भवनमा पठनपाठन गर्दै आएको शिक्षक अभिभावक संका अध्यक्ष कण्डारीले बताउनुभयो । मंगलबार राती हावाहुरीले छानो उडाउदा ती दुई कक्षाका विद्यार्थीलाई पठनपाठनमा समस्या भएको उहाँले बताउनुभयो ।

उक्त दुई कोठे भवन २०७६ सालमा राष्ट्रपछि शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण भएको थियो । उक्त दुई कोठे भवनको लागत त्यतिबेला रु १८ लाख र जनश्रमदान दुई लाख गरी रु २० लाखमा निर्माण सम्पन्न भएको थियो । विद्यालयको छानो उडाउँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको सोही विद्यालयका प्रधान ध्यापक टिकारम पौडेलले जानकारी दिनुभयो । हावाहुरीले उडाएको छानो मर्मतका लागि पहल गरि दिन प्रधानध्यापक पौडेलले आग्रह गर्नुभएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]