ताँजकोटमा ७३ गर्भवतीको निःशुल्क भिडियो एक्सरेमार्फत गर्भजाँच

Nepal Chek बिहिबार, जेठ ०३, २०८१

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा सञ्चालन भएको भिडियो एक्सरेमार्फत गर्भवती महिलाको गर्भजाँच गर्ने अभियान सम्पन्न भएको छ । वैशाख २६ गतेबाट सञ्चालन भएको भिडियो एक्सरे सेवाबाट ७३ जना गर्भवती महिलाको गर्भजाँच गरिएको गाउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८०÷०८१ को सशर्त कार्यक्रम अन्तर्गत मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम वडा एकदेखि पाँचसम्म रहेका स्वास्थ्य संस्थामार्फत सेवा दिएर सम्पन्न भएको संयोजक ढकालले जानकारी दिनुभयो ।

संयोजक ढकालका अनुसार, वडा नम्बर एकमा १७ जना, दुई, तीनमा २९ जना, वडा नम्बर चारमा १२ र वडा नम्बर पाँचमा १५ जना गरी ७३ जना गर्भवती महिलाको भिडियो एक्सरेमार्फत निःशुल्क गर्भजाँच गरिएको बताउनुभयो । गाउँपालिकामा रहेका गर्भवती महिलाको स्वास्थ्य शाखाले विभिन्न समयमा निःशुल्क गर्भजाँच गर्दै आएको ढकालले जानकारी दिनुभयो । गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन प्रत्येक वडामा रहेका स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाइ तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा दिएको उहाँले बताउनुभयो । पालिकाभित्र रहेका विभिन्न चारवटा संस्थाबाट भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न् सजिलो हुने भएकाले यो अभियान सञ्चालन गरेर सम्पन्न संयोजक ढकालले बताउनुभयो ।

यहाँका महिलाले विगतमा गर्भवती भएको समयमा गर्भजाँचका लागि छिमेकी जिल्ला बाजुरा तथा जिल्ला अस्पतालमा धाउनु पर्ने बाध्यता भएपनि गाउँपालिकाले उनिहरुको सहजताका लागि प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा निःशुल्क भिडियो एकसरे सेवा दिदैँ आएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । ताँजकोटका गर्भवती महिलाले गर्भजाँचका लागि जिल्ला बाहिर धाउनु पर्ने अन्त्य भएको अध्यक्ष जैसीले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]