हुम्लामा पहिलो पटक प्रजनन् स्वास्थ्य समन्वय समिति गठन

Nepal Chek बिहिबार, जेठ ०३, २०८१

सिमकोट । हुम्लामा पहिलो पटक जिल्ला स्तरिय प्रजनन् स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । बिहिबार जिल्ला स्वास्थ्य सेवा कार्यालयद्धारा आयोजित सरोकारवालाको सहभागीतामा गरिएको जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य बैठकमा निर्देशिकाले तोके अनुसारको समिति गठन गरिएको हो । जिल्लाको समग्र यौन तथा प्रजनन स्वास्थ्य सुदृढिकरणको लागि आवश्यक सहयोग प्रदान गर्न स्वास्थ्य निर्देशिकाबमोजिम जिम्मेवार निकायका अधिकारी तथा विज्ञहरु सम्मिलित समिति गठन गरिएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो ।

निर्देशिकामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा प्रजनन् स्वास्थ्य समिति गठन गर्ने प्रावधान अनुसार समिति गठन गरिएको प.हे.न सपना रानाले बताउनुभयो । प.हे.न रानाका अनुसार, प्रादेशिक अस्पतालका मेसु सदस्य, स्वास्थ्य सेवा कार्यालयका प्रमुख सदस्य सचिव, जिल्ला शिक्षा तथा समन्वय ईकाइ प्रमुख सदस्य, नेपाल रेडक्रस सोसाईटी प्रतिनिधि सदस्य, सम्बन्धित वडाध्यक्ष सदस्य, प.हे.न सदस्य स्थानीय तहको महिला तथा बालबालिका शाखा प्रमुख सदस्य रहने निर्देशिकाको प्रावधान अनुसार उक्त समिति गठन गरिएको रानाले बताउनुभयो । हुम्लामा भने आवश्यकता अनुसार १५ सदस्यीय प्रजनन् स्वास्थ्य समिति गठन गरिएको उहाँको भनाई छ ।

जिल्लाको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका क्षेत्रमा प्राविधिक सहयोग, समन्वय, सहजीकरण र अनुगमन तथा सुपरीवेक्षण गर्ने, तथ्यांक विश्लेष्ण र मुख्य सूचाकहरुको आधारमा समस्या पहिचान गर्ने, अध्ययन अनुसन्धानमा आवश्यक सहयोग गरी जिल्लाको यौन तथा प्रजनन् स्वास्थ्य सेवाको समतामुलक पहुँच र गुणस्तरीयताका लागि पैरवी गर्ने समितिको काम, कर्तव्य र अधिकार समन्वय समितिलाई रहेको प हे न रानाले बताउनुभयो । हुम्लामा निर्देशिका विपरीत गर्भपन गराउनेलाई कानुन बमोजिम कारबाही गर्न आजको कार्यक्रम सहभागीहरुको माग थियो ।

हिमाली जिल्ला हुम्लामा यो आर्थिक वर्षको फागुन महिनाको अन्तिम सम्म एक सय एक जना महिलालाई अस्पतालले सुरक्षित गर्भपतन गराएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । पाँच जनालाई उपकणरले गर्भपतन गराइएको हो भने ९६ जनालाई सामान्य विधिमार्फत गर्भपतन गराएको सिनियर अनमी बोहराले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयमा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, सिमकोट गाउँपालिका महिला शाखाका ममता महत, शिक्षा विकास तथा समन्वय ईकाइ, सरकारी वकिल कार्यालय, प्रजनन् स्वास्थ्यमा काम गर्ने विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]