हुम्लामा सस्तीयो खाना पकाउने ग्यासको मूल्य

Nepal Chek आइतबार, जेठ ०६, २०८१

सिमकोट । हुम्लाको खाना पकाउने ग्यासको मूल्य घटेको छ । एक वर्षअघि रु ६ हजार सात सयमा विक्री हुँदै आएको ग्यासको मुल्य ह्वात्तै घटेको हो ।

नेपालगञ्ज सुर्खेतबाट यातायातका साधन हुम्लामा पुगेसँगै ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको दार्मेली जनरल स्टोरका प्रोपाइटर लक्षमण ऐडीले बताउनुभयो । ऐडीका अनुसार यसअघि नयाँ एउटा सिलिन्डर ग्राहकले किन्नु पर्दा छ हजार सात सय रुपियाँ पर्नेमा अहिले मूल्य घटेर चार हजार पाँच सयमा झरेको बताउनुभयो । त्यसै गरी पुरानो सिलिन्डर साट्ने हो भने प्रतिसिलिन्डर ग्यास भरेपछि तीन हजार तीन सय रुपैयाँ लाग्ने गरेको ऐडीले बताउनुभयो । यसअघि पुरानो सिलिन्डर भरेको मात्र पाँच हजार लाग्ने गथ्र्यो । नयाँ सिलिण्डरमा अहिले रु दुई हजार दुई मूल्य घटेको छ भने साट्नेमा रु एक हजार सात मूल्य घटेको ऐडीले बताउनुभयो ।

खाना पकाउने ग्यासको मूल्य एक्कासि घट्नुमा सडक सञ्जालसँग हुम्ला जोडिँदै आउनु र अर्कोतर्फ ग्यास बिक्रेता व्यापारीको संख्या बढ्दै जानु, प्रतिस्पर्धात्मक बजारका कारण रहेको उहाँले बताउनुभयो । खाना पकाउने ग्यासको मूल्य घटेसँगै यसको प्रयोग गर्ने उपभोक्ताको संख्या वृद्धि भइरहेको छ । हुम्लामा हाल पाँच हजार बढी घरधुरीले खाना पकाउने ग्यासको प्रयोग गरिरहेको उहाँले बताउनुभयो । जिल्लाका अधिकांश होटेलले पनि ग्यासको प्रयोग गर्दै आएका छन् । भने अन्य कर्मचारी, सर्वसाधरणले समेत ग्यासको प्रयोगक गर्दै आएका छन् ।

पहिलो पटक हुम्ला जिल्लामा ग्यास भित्रिँदा त्यसको मूल्य प्रतिसिलिन्डर चौध हजारसम्म परेको थियो । त्यसयता मूल्य भने बारम्बार घट्दो क्रममा रहेको छ । ग्यास सिलिण्डर र चुलो सहित अहिले सात हजार पाँचसयमा विक्री हुँदै आएको उहाँले बताउनुभयो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]