चट्याङ लाग्दा मानधारा माविको सोलार ब्याट्रीमा क्षति

Nepal Chek सोमबार, जेठ ०७, २०८१

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा रहेको मानधारा माध्यामिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लाग्दा सोलार ब्याट्रीमा क्षति गरेको छ । सोमबार दिउँसो १ बजेर १५ मिनेटमा चट्याङ लाग्दा क्षति गरेको मानधारा माध्यामिक विद्यालयका प्रधानध्यापक दिल बहादुर शाहीले बताउनुभयो ।

विद्यालयमा जडान गरिएको सबै सोलारमा चट्याङले क्षति पुर्याएको विद्यालयका प्रधानध्यापक शाहीले बताउनुभयो । विद्युतको पोलबाट सोलारको अर्थिङमा गएर चट्याङ लागेर क्षति गरेको हो । विद्यालयको ल्याप, कम्प्युटर लगायतका सबै विद्युतिय माध्यम सोलारबाट हुँदै आएको भएपनि क्षति पुर्याएको हो ।

२०६८ सालमा बैकल्पिक उर्जाबाट सहयोग गरेर जडान गरिएका १४ वटा सोलार प्यानल र १४ वटा ब्याट्रीमा क्षति गरेको उहाँले बताउनुभयो । सोमबार चट्याङ लाग्दा मानविय क्षति भने नभएको उहाँले बताउनुभयो । चट्याङ लाग्दा शिक्षक विद्यार्थी सबै तर्सित भएको तर मानवीय क्षति भने नभएको शाहीले जानकारी दिनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]