सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको पाल्स गाउँ नजिकैको भिरबाट लडेर एक जना पुरुषको घट्नास्थलमै मृत्यु भएको छ । अदानचुली गाउँपालिका–६ का अन्दाजी २६ वर्षे तिलक शाही भिरबाट लडेर घट्नास्थलमै मृत्यु भएको हो ।
मृतक शाहीका पारिवारिक स्रोत अनुसार मानसिक सन्तुलन गुमेर मनपरी रुपमा हिडडुल गर्ने गरिरहेकाले केही दिनसम्म घरबाट बाहिर डुलिरहेको तर घरको सम्पर्कमा नरहेको बुझिएको छ । भौतारियको स्वभावले हिडिरहेका शाही घर जाने क्रममा झोलुङ्गे पुल तरेर भिरैभिरको बाटो भएर हिडेको प्रतक्ष्यदर्सिले बताएक छन् ।
पाल्स गाउँमा रहेको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको वडा नम्बर ६ का वडा सदस्य नरदिप शाहीले बताउनुभयो । मृतक शाहीले केही दिन अगाडी आफ्नो आमालाई घरबाट निस्कन भनेकाले आमा जुम्ला भएको र श्रीमती लाई माईत पठाएको आफु पनि डुलीरहेको बुझियको छ । मृतक शाहीको मानसिक सन्तुलन गुमेर भिडबाट लडेसँगै हिन्दु परम्परा अनुसार दाहसस्कार गरिएको वडा सदस्य शाहीले बताउनुभयो ।