सिमकोट । हुम्लामा भोली १५ गते गणतन्त्र दिवसको अवसरपारी आज साँझदेख १६ गते साँझसम्म तीन दिन दीप प्रज्वलन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले आज साँझ, १५ गते साँझ र १६ गते साँझ गरी तीन दिन दिप प्रजलन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजनोद कुमार पोखरेलले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकार पोखरेलका अनुसार, जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालय, प्रत्येक नागरीकले आ आफ्नो घरमा सोही दिवसको अवसरमा दीप प्रज्वलन गर्न अनुरोध गर्नु भएको छ । यस्तै गणतन्त्र दिवसको उपलक्षमा सामाजिक विकास कार्यालयको सहयोगमा सदरमुकाममा रहेको हिमाली बहिरा तथा बौद्धिक अपांगता आवसिय विद्यालयका बालबालिकाहरुलाई स्टेशनरीका सामग्री वितरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । साथै बुधे मेडिकल हलका सञ्चालक बुधे बुढाले हिमाली बहिरा तथा बौद्धिक अपांगता आवसिय विद्यालयका बालबालिकालाई सहयोग स्वरुप रु दश हजार आर्थिक सहयोग गर्ने बताइएको छ ।
यस्तै गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा जिल्ला समनवय समितिका निमित्त समन्वय प्रमुख सरिता रावत, प्रहरी निरिक्षक रविन्द्र खनाल, सशस्त्र प्रहरी वलका प्रमुख, लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखको उपस्थित रहेको थियो ।
यस्तै गणतन्त्र दिवसका दिनको विहान सिमकोट विमानस्थलमा रहेको एर्पोट चोकमा राष्ट्रिय झण्डा गाड्ने भएको बताइएको छ ।