सिमकोट । हिमाली जिल्ला हुम्लामा रहेका सात वटा स्थानीय तह मध्ये चारवटा गाउँपालिकामा ५५ हजार आठ सय भेडा बाख्रा रहेका छन् । जिल्लाका चारवटा सिमकोट, नाम्खा, खार्पुनाथ र अदानचुली गाउँपालिकामा ठूलो संख्यामा किसान भेडा बाख्रा पालनमा रमाउँदै आएका छन् । चारवटा गाउँपालिकामा ५५ हजार रहेका छन् ।
सिमकोट अठार हजार आठ सयको हाराहारीमा भेडा बाख्रा रहेको गाउँपालिका पशु शाखा प्रमुख महेन्द्र बहादुर शाहीले बताउनुभयो । सिमकोट गाउँपालिकामा बाख्राको संख्या सत्र हजार रहेको छ भने एक हजार आठ सय भेडाको संख्या रहेको उहाँले बताउनुभयो ।
यस्तै नाम्खा गाउँपालिकामा एक हजार मात्रै भेडा बाख्रा रहेको गाउँपालिका पशु शाखा प्रमुख पठाने बुढाले जानकारी दिनुभयो । नाम्खामा भेडाबाख्रा भन्दा अन्य चौरी, जुमा लगायतका पशुपालन गर्दै यहाँका किसान आएको हुनाले भेडाबाख्राको संख्या न्यून रहेको पशु शाखा प्रमुख बुढाले बताउनुभयो । नाम्खा गाउँपालिका जिल्लाकै उच्च क्षेत्र भएकाले यहाँ भेडाबाख्रा भन्दा चौरी, जुमा लगायतका पशुवस्तु व्यवसाय राम्रो मानिदै आएको छ ।
यसैगररी खार्पुनाथ गाउँपालिकामा लगभग १३ हजारको हाराहारीमा भेडा बाख्रा रहेको गाउँपालिका पशु शाखाका प्रमुख सविन मगरले बताउनुभयो । यसैगरी अदानचुली गाउँपालिकामा २३ हजार भेडा बाख्रा रहेको गाउँपालिका पशु शाखाका प्रमुख दिपेन्द्र फडेराले बताउनुभयो । अदानचुलीमा पशुपालनको अन्य क्षेत्रमा भन्दा भेडाबाख्रामा किसान रमाउँदै आएको गाउँपालिका पशु शाखा प्रमुख तथा पशु प्राविधिक फडेराले जानकारी दिनुभयो । जिल्लाका यि चारवटा गाउँपालिकामा सबैभन्दा बढी अदानचुलीमा २३ हजारको हाराहारीमा भेडाबाख्रा रहेका छन् भने नाम्खामा एक हजारको संख्यामा न्युन रहेका छन् ।
जिल्लाका अन्य ताँजकोट, चंखेली र सर्केगाड गाउँपालिकामा समेत किसानले भेडाबाख्रा व्यवसाय गर्दै आएका छन् । जिल्लामा सबैभन्दा सर्केगाडको रिप, चंखेलीको मेल्छाम, चरी गाउँ, मेखाला, नेप्का, पालि लगायतका गाउँमा रहेका किसानले पनि भेडाबाख्रा पालन गर्दै आएको पाइएको छ ।