पातिहाल्नको टावरले दश घण्टा मात्रै काम गर्दा सेवाग्राही मर्कामा

Nepal Chek सोमबार, जेठ २८, २०८१

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नमस्ते टेलिफोन सेवाले काम नगर्दा सिमकोट र नाम्खा गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।

चार वर्ष अघि जडान भएको नमस्ते टेलिफोन सेवाको फोरजीले काम नगर्दा सेवाग्राहीले इन्टरनेटमा जोडिन नसकेको गुनासो गरेका छन् । पातिहाल्नमा राखिएको नेपाल टेलिकम सेवाको फोरजीले दश घण्टा मात्रै काम गर्दा इन्टरनेटमा जोडिन नसकेको यहाँका सेवाग्राहीले गुनासो गरेका छन् ।

विहानको एघार बजेदेखि रातीको आठ बजेसम्म उक्त टावरले काम गर्दा अन्य समय यो सेवाबाट बञ्चित हुनु परेको स्थानीय मन्दिर सिंहले बताउनुभयो । उक्त टावरमा जडान गरिएका सबै सामग्री पुराना भइसकेका कारण टावरले दश घण्टा मात्रै काम गर्ने गरेको सिंहको भनाई छ । हिल्दुम जलविद्युतको विद्युत सेवा नपुगेका कारण यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको हो । टारवमा राखिएका सोलार सहितका सबै सिस्टम समेत पुराना भएकाले पनि टावरले धोका दिन गरेको सिंहको भनाई छ । नयाँ सोलार सहितको माग गरेपनि सम्बोधन नसकेको उहाँको भनाई छ । सिमकोट गाउँपालिका–७ र ८ का पुरै वडावासी सहित नाम्खा गाउँपालिकाको केर्मी, धिगा, हेप्का लगायत गाउँका सेवाग्राहीले समस्या भोग्नु परेको सिंहले बताउनुभयो ।

उक्त टावर व्यवस्थीत गर्नका लागि सम्बन्धित निकायले व्यवास्था गरेको यहाँका स्थानीयको गुनासो छ । उक्त क्षेत्रमा रहेको टावर मर्मतका लागि सिमकोट गाउँपालिकाले आर्थिक सहयोग, नेपाल विद्युत प्राधिकरण हुम्लाले विद्युत लाइन विस्तार सहयोग र नेपाल टेलिकम शाखा हुम्लाले जडानको सहयोग गर्ने भनि मौखिक सहमित भएपनि सम्बन्धित निकायले लागु गर्न नसकेका हुन् ।

उक्त टावरले दश घण्टा मात्रै काम गर्दा सिमकोटको डाडाफयाँ, ओखरेन, धारापोरी, चौगनफयाँ, स्याडा, खोल्सी, पाङ्लाथुम सहित नाम्खा गाउँपालिकाको धिगा, केर्मी, लामाखोली, हेप्का गाउँ लगायतका सेवाग्राही मर्कामा परेको यहाँका सेवाग्राहीको गुनासो छ । यस क्षेत्रमा रहेको टावरले बारम्बार काम नगर्दा सेवाग्राहीले समस्या भोग्दै आउनु परेको छ । टावरमा २४ सै घण्टा विद्युत सेवा उपलब्ध गराएर सञ्चालनमा ल्याउनका नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयवासीले बताएका छन् ।

गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टा पैदल हिँडेर सदरमुका सिमकोटमा आएर इन्टरनेट सेवामा जोडिएर सम्पर्कमा आउनु पर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । उक्त क्षेत्रमा रहेको टावरले कहिलेकाहीँ मात्रै काम गर्ने गरेको छ । लामो समयदेखि विहान र रातीको समयमा सामाजिक सञ्चाल इन्टरनेटमा आफन्तसँग सम्पर्कमा जोडिन नसकेको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]