केरुङ्ग हँदै तीब्बत घुम्न पुगेका दुई भारतीयको हुम्लाबाट उद्धार

Nepal Chek बुधबार, आषाढ ०६, २०८१

सिमकोट । मानसरोवर कैलाश दर्शनका लागि केरुङ्गनाका चीन पुगेका दुई जना भारतीय नागरीकलाई हाइअलच्युट भएपछि बुधबार साँझ उद्धार गरिएको छ । भारतीय मुलका यूएस दुई जना नागरीक विरामी हुँदा हिल्लाबाट हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

मानसरोवर कैलाश दर्शनका लागि केरुङ्गनाका हुँदै घुम्न गएका दुई भारती नागरीकलाई स्वास्थ्यमा खराबी आएपछि बुधबार उद्धार गरिएको हो । भेंकट राहु र भेंकट श्रीरामको स्वास्थ्यमा खराबी आएकाले उनीहरुको उद्धारमा केरुङ्ग नाका भन्दा हुम्लाको हिल्सा नाकाको रुट छोटो दुरीमा पर्ने भएकाले बुधबार साढे पाँच बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीषक नरेन्द्र चन्दले बताउनुभयो ।

तीब्बत घुम्न गएका राहु र श्रीरामले आफैले कैलाश एयरको हेलिकप्टोर हुम्ला मगाएर जिल्ला बाहिर गलिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक चन्दले बताउनुभयो । अहिले उनिहरुको उद्धारका लागि हेलिकोप्टोर हिल्सा गएर फिर्ता भइ जिल्ला बाहिर लगिएको को प्रहरी निरीक्षक चन्दले बताउनुभयो । उनिहरुले आफ्नै व्यक्तिगत खर्चमा हेलिकप्टोर मनाएका हुन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]