सिमकोट गाउँपालिकाद्धारा नीति तथा कार्यक्रमको लागि सुझाव संकलन

Nepal Chek बुधबार, आषाढ ०६, २०८१

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेस गरिसक्नुपर्ने भएकाले बुधबार विभिन्न सरोकारवाला निकाय, राजनितिक दल, नागरीक समाज, स्थानीय र सञ्चारकर्मीहरुको सुझाव संकलन गरेको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाले बताउनुभयो । बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताउनुभयो ।

बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन विभिन्न राजनितीक दलका प्रतिनिधिले यो पटकको नीति तथा कार्यक्रममा समेट्न सुझाव दिएका थिए । गुणस्तरीय शिक्षा कायम गर्न, प्राय सदरमुकाममै रहेका विद्यालयका विद्यार्थी उपस्थित नहुने अन्त्य गर्न कन्जोक लामाले सुझाव दिनुभएको थियो । पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने लामाले बताउनुभयो ।

यस्तै बुधबार भएको कार्यक्रममा विभिन्न उपस्थित वक्ताहरुले कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्न सुझाव दिएका थिए । त्यसै गरी सदरमुकामवासीले सधै झेल्दै आएको खानेपानी समस्या समाधान गर्न सुझाव दिएका थिए । आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाई समेत अघि बढाउने विषय प्राथमिकतामा पर्नु पर्ने सरोकारवाला निकायको भनाई थियो ।

कृषि, पर्यटन, उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । बुधबार भएको कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष शुसिला रोकाया(भाम), प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोकाया, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, नागरीक समाज, स्थानीयवासी, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]