शैक्षिक भ्रमणको प्रमुख गन्तव्य उत्तरी नाम्खा

Nepal Chek शनिबार, आषाढ ३०, २०८१

सिमकोट । बौद्धधर्मलम्बी अर्थात लामा समुदायको मात्रै बसोबास रहेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ्ग्र सहित पालिकाभरीका रमणीय क्षेत्र पछिल्लो समय विद्यार्थी लगायत आन्तरीक तथा बाह्य पर्यटकको भ्रमणको प्रमुख गन्तव्य जस्तै बन्न थालेको छ ।

वडा नम्बर पाँचमा रहेको याल्वाङ्ग्र गुम्बा सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको हो । सिमकोट र नाम्खा गाउँपालिकामा रहेका विद्यालयहरुले शैक्षिक भ्रमणका लागि याल्वाङ्ग्र गुम्बा सङ्ग्रहालयलाई मुख्य गन्तव्य बनाएका छन् । गुम्बाको इतिहास, बौद्धधर्मलम्बीको मुख्य थलोका रूपमा चिनिँदै आएका पछि जिल्लास्थित सामुदायिक विद्यालयहरु वर्षेनी भ्रमणका लागि याल्वाङ्ग्र गुम्बा पुग्ने गर्दछन् ।

यहाँको हावापानी, बाटोमा भेटिने चराचुरुङ्गीको आवाज, बाटोमा हिड्दा आसपासमा देखिने मनै भुलाउने दृश्य, हिमाल, नदीनालाले भ्रमणमा थप हौसला मिल्ने गरेको बताउने गरेका छन् । यस्तै चीनसँग जोडिएको लिमी लाप्चा नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्न सकिने भएकाले पनि स्वदेशी तथा विदेशी सहित आन्तरीक पर्यटकको मुख्य गन्तव्य नै बनेको छ ।

शैक्षिक भ्रमणका लागि विद्यार्थीको रोजाइमा मुख्य याल्वाङ्ग्र गुम्बा पर्ने भएकाले सङ्ग्रहालयको अवलोकनका लागि शुक्रबार सिमकोट गाउँपालिका–७ डाडाफयाँमा रहेको कैलाश माध्यामिक विद्यालयका विद्यार्थी त्यस तर्फ लागेका हुन् । बौद्धधर्मलम्बीहरुको इतिहाससँगै संस्कृति, परम्परा रीतिरिवाज बुझ्ने उद्देश्यले शुक्रबार कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीलाई लिएर याल्वाङ्ग्र पुगेको कैलाश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मन्दिर सिंहले बताउनुभयो । शैक्षिक भ्रमण तथा स्थलगत अवलोकनका लागि कक्षा नौ मा अध्ययनरत छात्रछात्रा १७ जना र कक्षा दशमा अध्ययनरत छात्रछात्रा २३ जना र प्रधानध्यापक मेजबहादुर बुढा सहित शिक्षक, शिक्षीकका दश जना गरी ५१ जनाको टोली याल्वाङ्ग्र पुगेको सोही विद्यालयका लेखापाल बाँच बहादुर विकले बताउनुभयो । मुख्य गरी हरेक वर्षको असारदेखि कात्तिक अन्तिमसम्मको अवधि शैक्षिक भ्रमणका लागि उपयुक्त मानिन्छ । शैक्षिक भ्रमण दुई दिने हुने भएको लेखापाल विकले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]