वनभोज कार्यक्रमको अवसरपारी दुई सय मिटर बाटो निर्माण

बेलुमाया महतारा बुधबार, साउन १३, २०७८

सिमकोट ।  जिल्लाको सर्केगाड गाउँपालिका रिप गाउँमा वनभोजको अवसरी पारी गाउँका युवा मिलेर बाटो निर्माण गरेका छन् ।

साविकको वडा २,३, र ९ का स्थानीय राजनितीक दलका प्रतिनिधि, अगुवा, गाउँका जानमानको उपस्थितमा वडा २ रिप गाउँ नजिक रहेको बाटो लगातारले भत्काएको बाटो निर्माण गरीएको छ ।

युवा क्लबका अध्यक्ष नरविर कार्कीको नेतृत्वमा दुई सय मिटरबाटो निर्माण भएको जानकारी प्राप्त भएको छ । घृणालेख जानेबाटो देखि लामासालिमा सम्मको बाटो निर्माण गरीएको रिपबाट गम्बीर नेपालीले जानकारी दिए ।

गाउँका स्थानीय मिलेर वर्षेनी साउन १५ वनभोज कार्यक्रम गरी रमाईलो गरिदै आएको भएपनि यो वर्ष गाउँका नागरीक आवतजावत गर्ने बाटो लगातारको वर्षातले भत्काएको कारण पुननिर्माण गरीएको रिप गाउँबाट चेतन फडेराले जानकारी दिए । वनभोज कार्यक्रमको रमाईलोसँगै बाटो निर्माण भएको उनले बताए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]